हलिउड अभिनेता ज्याकको कोरोना संक्रमणबाट मृत्यु

हलिउड अभिनेता ज्याकको कोरोना संक्रमणबाट मृत्यु

_111489853_hi060878317

एजेन्सी । प्रसिद्द हलिउड अभिनेता एन्ड्रयु ज्याकको कोरोना संक्रमणबाट निधन भएको छ ।

स्टार वार र ब्याटम्यान बेगिन्सजस्ता हलिउड फिल्महरुमा काम गर्ने अभिनेता ज्याकको मंगलबार बेलायतको एक अस्पतालमा निधन भएको हो ।

७६ वर्षीय ज्याकलाई २ दिनअघि मात्र कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

उनको कोरोना संक्रमणबाट मृत्यु भएको उनका सहयोगी जिन म्याको कुलेजले जानकारी दिएका छन् ।

पछिल्लो समय उनी स्वतन्त्र जीवन बिताइरहेका थिए । उनकी पत्नी गेब्रियल रोजर्स पनि अष्ट्रेलियामा क्वारेन्टाइनमा रहेकी छिन् ।

पतिको निधनमा समेत उनी उपस्थित हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ