अमेरिकामा २ लाख बढी कोरोना संक्रमित, पाँच हजार बढीको मृत्यु

अमेरिकामा २ लाख बढी कोरोना संक्रमित, पाँच हजार बढीको मृत्यु

Corona America

एजेन्सी । अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख बढी पुगेको छ ।

वर्ल्डोमिटरको ताजा आँकडा अनुसार यहाँ २ लाख १५ हजार ३ जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ जबकी ५ हजार १ सय २ जनाको मृत्यु भइसकेको छ ।

कूल संक्रमितमध्ये आधा बढी न्यूयोर्कका छन् । प्रदेशका गभर्नर एन्ड्रू कुओमोले अन्य प्रदेशमा पनि स्थिती भयावह हुनसक्छ ।

यसअघि मंगलबार उप–राष्ट्रपतिले अमेरिकामा महामारीको स्वरुप इटलीजस्तै भयावह हुने चेतावनी दिएका थिए ।

कोरोनाभाइरसका कारण सबैभन्दा धेरै इटालीमा मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ