स्पेनमा कोरोनाबाट ९ हजार बढीको मृत्यु, संक्रमितको संख्या १ लाख नाघ्यो

स्पेनमा कोरोनाबाट ९ हजार बढीको मृत्यु, संक्रमितको संख्या १ लाख नाघ्यो

Spain Corona

एजेन्सी । स्पेनमा कोरोनाभाइरसका कारण एकैदिन ८ सय ६४ जनाले ज्यान गुमाएका छन् । स्पेनमा २४ घण्टा भित्र मृत्यु भएको यो सबैभन्दा धेरै हो ।

युरोपमा मृत्यु हुनेको कूल संख्या ३० हजार भन्दा माथि छ ।

स्पेनमा मात्रै ९ हजार बढीको मृत्यु भइसकेको छ । इटलीपछि सबैभन्दा धेरै मृत्यु स्पेनमा भएको छ ।

स्पेनमा कोरोना भाइरसको संक्रमितको संख्या १ लाख नाघिसकेको छ तर संक्रमणको दरमा गिरावट भने आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ