अस्ट्रेलिया । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अस्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थीलाई अप्ठेरो भए आफ्नो देश फर्किने प्रबन्ध गर्न सुझाव दिएका छन् ।
शुक्रबारको आफ्नो नियमित प्रभातकालीन सन्देशमा सोधिएको एक प्रश्नमा उनले भने, ‘उनीहरुको प्रवेशाज्ञा सर्तमा अस्ट्रेलियामा एक वर्ष आफूलाई आफैं सहयोग गर्न सक्ने कुरामा सहमति छ।’
उनले अगाडि भने, ‘त्यस हिसाबले अस्ट्रेलिया आएको एक वर्ष नपुगेका विधार्थीले आफूलाई सहयोग गर्न सक्दैनन् भने आफ्नो देश फर्किन सक्छन् ।
उनले आफ्नो सरकारले घोषणा गरेका सुविधाहरु यो महामारीका बेला आफ्ना नागरिक तथा स्थायी बासिन्दाका लागि भएको स्पष्ट पारे । अस्ट्रेलियामा भएका हजारौं विद्यार्थी नर्सहरुलाई भने कामको अवसर भएको उनको भनाइ छ ।
प्रधानमन्त्री मरिसनले अस्ट्रेलियामा भएका विदेशी पर्यटकहरुलाई पनि समस्या भएमा स्वदेश फर्किने उपयुक्त समय यही भएको बताए ।
प्रतिपक्षीको विरोध
अस्ट्रेलियाको प्रतिपक्षी दल अस्ट्रेलियन लेबर पार्टी तथा उसका भात्री संस्थाहरुले प्रधानमन्त्री मरिसनको यो घोषणाको बिरोध गरेका छन् ।
अस्ट्रेलियाको मजदुर युनियनले भनेको छ, ‘अन्य बेला यहाँको श्रम बजारको अधिकांश हिस्सा ओगटेका यहाँका अस्थायी बासिन्दाहरुलाई यो दु:खका बेला सरकारले सहयोग गर्नुपर्छ ।’
नेपाली समाजमा पनि प्रधानमन्त्री मरिसनको घोषणाबारे मिश्रित प्रतिक्रियाहरु सार्बजनिक भएका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर