पोखरामा कोरोना भेटिएको पुष्टी भएको छैन

पोखरामा कोरोना भेटिएको पुष्टी भएको छैन

पोखरा । नेपालमा कोेरोना भाइरसको सातौं संक्रमति व्यक्ती कास्कीमा फेला परेको भन्ने समाचार केही अनलाईन पोर्टलहरुले ब्रेक गरे पनि अहिलेसम्म पुष्टी भएको छैन ।

पोखरामा हिजो नमुना परिक्षण गरिएका चारै जनाको रिजल्ट नेगेटिभ आएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान श्रोतले बताएको छ । हिजै देखि पोखरामा कोरानो भाइरस संक्रमित दुई जना फेला परेको भन्दै हल्ला फिजाइएको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हिजो देखि कोरोना भाइरसको स्वाब परिक्षण थालिएको थियो । यो ल्याबले दिएको नतिजा भेरिफाइ गर्नका लागि उनीहरुको नमुना काठमाण्डौं पठाइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान श्रोतले जनाएको छ । पुन काठमाण्डौं पठाएको विषयलाई कोरोना पुष्टी भन्न नमिल्ने ती अधिकारीले दावी गरे ।

‘अहिलेसम्म सरकारको कुनै पनि आधिकारिक निकायबाट पुष्टी गरिएको छैन ।’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक जना आधिकारिक व्यक्तीले भने– हल्लाका पछाडी नलागौं ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ