भारतमा कोरोनाबाट ८० जनाको मृत्यु, संक्रमितको संख्या २ हजार ५४७ पुग्यो 

भारतमा कोरोनाबाट ८० जनाको मृत्यु, संक्रमितको संख्या २ हजार ५४७ पुग्यो 

Coronavirus-696×318

एजेन्सी । भारतमा कोराना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ ।

शुक्रबार भारतका विभिन्न ठाउँमा ८ जनाको मृत्यु भएसँगै कोरोनाबाट मर्नेको संख्या ८० पुगेको हो ।

शुक्रबार महाराष्ट्रमा ६ जनाको मृत्यु भएको छ । यो सहित महाराष्ट्रमा मर्नेको संख्या २६ पुगेको छ । त्यस्तै शुक्रबारनै आन्ध्र प्रदेशमा ५५ वर्षीय एक पुरुषको संक्रमणका कारण मृत्यु भएको जनाएको छ ।

आन्ध्र प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो ।

त्यस्तै आजै गुजरातको गोधरामा ७८ वर्षीय एक व्यक्तिको मृत्यु भएको जनाइएको छ । योसहित गुजरातमा मर्नेको संख्या ९ पुगेको छ । संक्रमणबाट बिहीबार भारतमा १० जनाको मृत्यु भएको थियो ।

त्यस्तै भारतमा अहिलेसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार ५४७ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ