इबेट टेन/ बीबीसी । उत्तर कोरियाले आफ्नो देशमा एकजना पनि कोरोनाभाइरसद्वारा संक्रमित नभएको दाबी गरेको छ । यो दाबीमाथि अब शंका बढ्दै गएपछि प्रश्न उठ्न थालेको छ ।
उत्तर कोरियाले सीमा बन्द गर्ने आफ्नो कठोर निर्णयका कारण कोरोनाभाइरस आफ्नो देशसम्म नआइपुगेको बताउँदै आएको छ ।
तर दक्षिण कोरियामा अमेरिकी सेनाका वरिष्ठ कमान्डरले उत्तर कोरियाको यो दाबीलाई झुटो र असम्भव बताएका छन् ।
यद्यपि, उत्तर कोरियाका एक विशेषज्ञले बीबीसीसँगको कुराकानीमा त्यहाँ संक्रमित नै छैनन् भन्नु गलत भएको बताउँदै ठूलो स्तरमा संक्रमण फैलने आशंका भने कम भएको बताएका छन् ।
जोन हप्किन्स युनिभर्सिटीको आँकडा अनुसार हालसम्म संसारभरी कोरोनाभाइरसको संक्रमितको संख्या १० लाख नाघिसकेको छ भने ५३ हजार ६९ को मृत्यु भइसकेको छ ।
उत्तर कोरियामा सेन्ट्रल एन्टी–एपिडेमिक मुख्यालका निर्देशक पाक म्योङ–सूले शुक्रबार समाचार एजेन्सी एएफपीसँग भने, ‘उत्तर कोरियामा अहिलेसम्म एकजना व्यक्ति पनि संक्रमित छैनन् । ’
उनले थपे, ‘हामीले संक्रमण रोक्नका लागि पहिलेदेखि नै सक्रिय र वैज्ञानिक कदम उठाएका छौं । जस्तै विदेशबाट आएका व्यक्तिहरुको खोजी र उनीहरुलाई क्वारेन्टिनमा राख्नु । हामीले सबै सामानलाई पूर्ण रुपमा स्यानिटाइज गर्यौं, आफ्ना सबै जल, थल र वायु सीमालाई बन्द गर्यौं ।’
के उत्तर कोरियाको दाबी सही होला ?
दक्षिण कोरियामा अमेरिकी सेनाका कमान्डर जनरल रोबर्ट अबराम्सले उत्तर कोरियाको यी दाबीलाई गलत बताएका छन् ।
उनले सीएनएन र भोइस अफ अमेरिकालाई संयुक्त रुपमा दिएको अन्तर्वार्तामा भने, ‘हामीले जुन जानकारी पाएका छौं, त्यसलाई आधार मानेर नै म भन्न सक्छु कि यो असम्भव दाबी हो ।’
यद्यपि उनले उत्तर कोरियामा कति संक्रमित होलान् भनेर किटान गरेर भन्न नसकिने बताएका छन् ।
अमेरिकी वेबसाइट एनक न्यूजका म्यानेजिङ एडिटर ओलिव हटमले पनि उत्तर कोरियामा संक्रमित छन् भन्दै दाबी गरे ।
उनले भने, ‘उत्तर कोरियामा एकजना पनि संक्रमित छैनन् भन्नु गलत हो किनभने यहाँको सीमा दक्षिण कोरिया र चीनसँग जोडिन्छ । उत्तर कोरियाको चीनसँग जुन प्रकारको व्यापारिक सम्बन्ध छ त्यो हेर्दा कोरोनाभाइरसको कुनै पनि संक्रमित छैनन् भन्ने दाबी गलत भएको जस्तो लाग्छ ।’
यद्यपि, उनले पनि उत्तर कोरियामा संक्रमण व्यापक रुपमा नफैलिएको हुन सक्ने बताएका छन् ।
उत्तर कोरियाले संक्रमण संकटको सामना कसरी गर्यो ?
यसमा कुनै शंका छैन कि उत्तर कोरियाले कोरोनाभाइरसको संक्रमणविरुद्ध अन्य देशको तुलनामा अत्यधिक फूर्तीले प्रभावकारी कदम उठाएको छ । उत्तर कोरियाले जनवरीको अन्त्यमा नै आफ्ना सीमा सील गरेको थियो र पछि प्योङ्गयाङमा आएका सयौं विदेशीलाई क्वारेन्टिनमा राखेको थियो । त्यतिबेला चीनमा संक्रमण निकै तीब्र रुपमा बढिरहेको थियो ।
एनके न्यूजको रिपोर्ट अनुसार उत्तर कोरियाले आफ्ना १० हजार नागरिकलाई आइसोलेशनमा राखेको थियो र ५ सय बढी जनता अहिले पनि क्वारेन्टिनमा छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर