एजेन्सी । भारतमा मुम्बई शहर कोरोनाभाइरस (कोभिड १९) महामारीको केन्द्रविन्दु बनेको छ । मुम्बईमा मात्र ४ सय ३३ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् ।
आइतबार मुम्बईमा संक्रमणका १०३ नयाँ मामिला देखिएको छ भने शहरमा ३० जनाले ज्यान गुमाइसकेका छन् ।
द हिन्दुस्तान टाइम्सका अनुसार देशमा कूल संक्रमितको संख्या ३ हजार ४९३ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको संख्या ८३ पुगेको बताएको छ । यसमध्ये २७४ जना निको भएर घर फर्किसेका छन् । देशमा कोरोनासंक्रमित मध्ये २१ देखि ४० वर्ष उमेर समूहका सर्वाधिक ४२ प्रतिशत रहेका छन् ।
यता, मध्यप्रदेशको राजधानी भोपालमा आइतबार २३ जना नयाँ संक्रमित फेला परेका छन् जसमध्ये ३ जना डाक्टर सामेल छन् ।
भारतमा महाराष्ट्रमा सर्वाधिक ७९३ जना संक्रमित रहेका छन् भने ४५ जनाले ज्यान गुमाएका छन् । महाराष्ट्रपछि मध्यप्रदेश र तेलंगानामा १२–१२ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या भने तमिलनाडु ५७१ जनासहित दोस्रो स्थानमा छ भने राजधानी दिल्लीमा ५०३ जना संक्रमित फेला परेका छन् भने ७ जनाले ज्यान गुमाएका छन् ।
देशमा कोभिड १९ को महामारी बढ्न थालेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई पूर्वराष्ट्रपति प्रणव मुखर्जी र प्रतिभा पाटिल तथा दुई पूर्वप्रधानमन्त्री मनमोहन सिंह र एचडी देवेगौडासँग फोन संवाद गरेका छन् । त्यस्तै, सोनिया गान्धी, मुलायम सिंह यादव, अखिलेश यादव, ममता बनर्जी, नवीन पटनायक, के चन्द्र शेखर राव लगायत नेताहरुसँग पनि मोदीले छलफल गरेको दैनिक भास्करले जनाएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’