साउदी अरबमा अनिश्चितकालको लागि कर्फ्यू

साउदी अरबमा अनिश्चितकालको लागि कर्फ्यू

Saudi Arebia

एजेन्सी । साउदी अबर सरकारले कोरोना भाइरसको संक्रमण रोक्ने उद्देश्यस्वरुप हिजो सोमबार देखि लागु हुने गरि अनिश्चितकालको लागि २४ घण्टे कर्फ्यू जारी गरेको छ ।

जारी आदेशमा रियाद, दमाम, ताबुक, दहरान, हफुफ, ताइफ, कतिफ, अलखाेबर र जेद्दाका सम्पूर्ण क्षेत्रहरुमा कर्फ्यू आदेश जारी गरेको यहाँको गृह मन्त्रालय लाई उदृत गर्दै रियाद स्थित नेपाली दूतावासले जनाएको छ।

यो समयमा सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्क्न र सो क्षेत्रमा रहेका नेपालीहरुले कर्फ्यूको समयकाे पूर्ण पालना गर्न नेपाली दूतावास रियादले सबै नेपालीहरुलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ