गण्डकी प्रदेश सरकारलाई एनएमबि बैंकले दियो १०० थान पिपिई

गण्डकी प्रदेश सरकारलाई एनएमबि बैंकले दियो १०० थान पिपिई

received_2626257810923576

पोखरा । एनएमबि बैंकले गण्डकी प्रदेश सरकारलाई चिकित्सकका लागी आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको छ ।

एनएमबि बैंकका सञ्चालक योगेन्द्र लाल प्रधान र गण्डकी प्रदेश प्रमुख गणेश पराजुलिले संयुक्त रुपमा कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागी आवश्यक १०० थान गुणस्तरयुक्त व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) बिहीबार प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई उक्त सामाग्री हस्तान्तरण गरेको बैंकले जनाएको छ । कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय/व्यक्तिलाई सहयोग पुर्‍याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ ।

कोरोनाको महामारी विरुद्घको सरकारको अभियानमा हामी पनि प्रतिबद्ध छौं बैंकका सञ्चालक योगेन्द्र लाल प्रधानले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ