काठमाडौं । आइतबार चीनमा १ सय ८ जना नयाँ संक्रमित फेला परेका छन् ।
चीनको नेसनल हेल्थ कमिसनले सार्वजनिक गरेको तथ्यांकअनुसार, एकै दिन चीनमा ५ सातापछि पहिलोपटक १ सयभन्दा धेरै नयाँ संक्रमित भेटिएका हुन् ।
संख्याको हिसाबमा अन्य मुलुकको तुलनामा यो ठूलो संख्या होइन । तर पछिल्लो केही दिनयता चीनमा नयाँ संक्रमितको संख्या बढिरहेको छ ।
यो भने चीनको लागि टाउको दुखाइको विषय बन्न सक्छ ।
बीबीसीका अनुसार, चीनमा आइतबार पाइएका सबै संक्रमित विदेशबाट फर्किएका चिनियाँ नागरिक थिए । जसमध्ये आधाभन्दा धेरै उत्तरी प्रान्त हिलोगजियाङका मानिसहरु छन् । यो प्रान्त रुससँग जोडिएको प्रान्त हो । यो प्रान्तमा भेटिएका सबै संक्रमित रुसबाट आएका मानिसहरु थिए । चीनले अन्तर्राष्ट्रिय यात्रामा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । यद्यपि, भाइरसका संक्रमितको संख्या भने पूर्ण रूपमा सकिएको छैन ।
भाइरसको उद्गमस्थल वुहानमा भने कुनै नयाँ संक्रमित फेला परेका छैनन् । तर, आइतबार वुहानमा भाइरसको कारण दुईजनाको मृत्यु भएको छ । चीन सरकारले वुहानलाई भाइरसबाट सुरक्षित बनेको भन्दै खुला गर्ने निर्णय गरिसकेको छ ।
चीनमा यो भाइरसबाट संक्रमित हुने मानिसको संख्या ८२ हजार एक सय ६० पुगेको छ । साथै यसबाट मृत्यु हुनेको संख्या पनि तीन हजार तीन सय ४१ पुगेको छ ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
पोखरा महानगरका कर्मचारी गिरी २५ हजार घुससहित पक्राउ
पिएनमा एमाले अखिलको अग्रता कायमै, काँग्रेसको नेवि संघलाई स्वतन्त्रले पछि पार्यो
नेविसंघको वर्चस्व रहेको धवलागिरी क्याम्पसमा गठबन्धनबाट अनेरास्ववियुकी शेख विजयी
स्ववियु निर्वाचन [अपडेट]: पीएनमा अनेरास्ववियुको अग्रता बढ्दै, स्वतन्त्रले पछ्याउँदै