काठमाडौं । आइतबार चीनमा १ सय ८ जना नयाँ संक्रमित फेला परेका छन् ।
चीनको नेसनल हेल्थ कमिसनले सार्वजनिक गरेको तथ्यांकअनुसार, एकै दिन चीनमा ५ सातापछि पहिलोपटक १ सयभन्दा धेरै नयाँ संक्रमित भेटिएका हुन् ।
संख्याको हिसाबमा अन्य मुलुकको तुलनामा यो ठूलो संख्या होइन । तर पछिल्लो केही दिनयता चीनमा नयाँ संक्रमितको संख्या बढिरहेको छ ।
यो भने चीनको लागि टाउको दुखाइको विषय बन्न सक्छ ।
बीबीसीका अनुसार, चीनमा आइतबार पाइएका सबै संक्रमित विदेशबाट फर्किएका चिनियाँ नागरिक थिए । जसमध्ये आधाभन्दा धेरै उत्तरी प्रान्त हिलोगजियाङका मानिसहरु छन् । यो प्रान्त रुससँग जोडिएको प्रान्त हो । यो प्रान्तमा भेटिएका सबै संक्रमित रुसबाट आएका मानिसहरु थिए । चीनले अन्तर्राष्ट्रिय यात्रामा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । यद्यपि, भाइरसका संक्रमितको संख्या भने पूर्ण रूपमा सकिएको छैन ।
भाइरसको उद्गमस्थल वुहानमा भने कुनै नयाँ संक्रमित फेला परेका छैनन् । तर, आइतबार वुहानमा भाइरसको कारण दुईजनाको मृत्यु भएको छ । चीन सरकारले वुहानलाई भाइरसबाट सुरक्षित बनेको भन्दै खुला गर्ने निर्णय गरिसकेको छ ।
चीनमा यो भाइरसबाट संक्रमित हुने मानिसको संख्या ८२ हजार एक सय ६० पुगेको छ । साथै यसबाट मृत्यु हुनेको संख्या पनि तीन हजार तीन सय ४१ पुगेको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’