भारतमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, ३३९ जनाको मृत्यु

भारतमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, ३३९ जनाको मृत्यु

COVID19

एजेन्सी । भारतमा कोरोनाभाइरस संक्रमितको संख्याले १० हजार पार गरेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले

मंगलबार बिहान जुन आँकडा जारी गरेको छ, त्यसअनुसार भारतमा संक्रमितको संख्या १० हजार २३ जना छन् । भाइरसका कारण भारतमा ३३९ जनाको मृत्यु भएको छ ।

यसका साथै १ हजार ३५ जना निको भएर घर फर्किसकेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान राष्ट्रको नाममा सम्बोधनका बेला लकडाउनलाई आगामी वैशाख २१ सम्म लम्ब्याइने घोषणा गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ