पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग आज ‘भिडियो कन्फ्रेन्स’ गरेका छन् ।
कोभिड-१९ को सम्भावित संक्रमण फैलिन नदिन जिल्लामा गरिएका कामबारे उनले प्रजिअबाट जानकारी लिएका हुन् ।
भिडियो कन्फ्रेन्स बैठकमा मुख्यमन्त्री गुरुङले सरकारले आह्वान गरेको लकडाउनलाई सबै जिल्लामा प्रभावकारी रुपमा कार्यान्वयन गर्न तथा विषम परिस्थितिमा समेत अत्यावश्यक सामग्रीको अभाव हुन नदिन निर्देशन दिएको बताइएको छ ।

कृषकले उत्पादन गरेका कृषिजन्य उत्पादनलाई सहज रुपमा बजारमा आउने वातावरण मिलाउन तथा कृषि तथा पशुजन्य उत्पादनका लागि आवश्यक दाना, मल, बिउको सहज आपूर्ति मिलाउन र कुनै समस्या परेमा प्रदेश सरकारलाई जानकारी गराउन आग्रह गरेको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए ।
जिल्लामा लकडाउन कार्यान्वयनको अवस्था, कोभिड-१९ न्यूनीकरणका लागि भइरहेका गतिविधि, शान्तिसुरक्षाको अवस्था, खाद्यान्न आपूर्ति लगायतका विषयमा जानकारी लिँदै आइपर्ने समस्या समाधानमा प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्रीले उल्लेख गरेका छन् ।

सो बैठकमा मुख्यमन्त्रीसँगै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र सामाजिक विकासमन्त्री नरदेवी पुनसमेत सहभागी थिए ।
सम्बन्धित खबर
फेवातालमा बेपत्ता युवकको शव फेला
पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
नेवि संघका नेता राजीव बास्तोलाको दुर्घटनामा निधन
पोखरामा टिपरको ठक्करले बन्दीपुरका खत्रीको मृत्यु
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्