भारतीय राष्ट्रपतिकी पत्नी सविताले सर्वसाधारणका लागि मास्क सिलाइरहेको तस्बिर भाइरल !

भारतीय राष्ट्रपतिकी पत्नी सविताले सर्वसाधारणका लागि मास्क सिलाइरहेको तस्बिर भाइरल !

Savita first lady india

एजेन्सी । भारतीय राष्ट्रपति रामनाथ कोविन्दकी पत्नी सविताको तस्बिर यसबेला सामाजिक सञ्जाल लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्याहरुलमा भाइरल भएको छ ।

भारतमा कोरोना महामारीले तिव्रता लिइरहेका बेला राष्ट्रपति पत्नी सर्वसाधारणहरुका लागि कपडाको मास्क सिलाइरहेकी छिन् । उनले मास्क सिलाइरहेको तस्बिर अहिले भाइरल भैरहेको छ ।

सविता शक्ति हाटस्थित राष्ट्रपति भवनमा आफ्नो हाते मेसिनबाट मास्क सिलाइरहेकी छिन् । तस्बिरमा सविताले रातो रङको माक्स समेत लगाएकी छिन् ।

उनले सिलाएका माक्सहरु दिल्लीका विभिन्न आश्रय गृहहरुमा पठाइने भारतीय सञ्चारमाध्याहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

उनको तस्बिर बिजेपी कर्नाटकले ट्विटरमार्फत शेयर गरेको छ । तस्बिरमा क्याप्सन लेखिएको छः ‘हाम्रो देशकी प्रथम महिला सविता कोविन्द मास्क सिलाइरहेकी छिन् ।

ती मास्क दिल्लीका विभिन्न आश्रय गृहहरुमा वितरण गरिनेछ । उदाहरणीय कामका लागि आमालाई धन्यवाद ।’ यो तस्बिर सार्वजनिक भएपछि ट्वीटरमा धेरै मानिसहरुले सविताको यस कदमको प्रशंसा गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ