पाकिस्तानमा कोरोना नियन्त्रणको लागि ९ मे सम्म लकडाउन लम्ब्याउने निर्णय

पाकिस्तानमा कोरोना नियन्त्रणको लागि ९ मे सम्म लकडाउन लम्ब्याउने निर्णय

Pakistan

काठमाडौं । पाकिस्तानले कोरोना भाइरस नियन्त्रणको लागि लगाइएको लकडाउन मे ९ सम्म लम्ब्याउने निर्णय गरेको छ । पछिल्लो समय कोरोना भाइरसका संक्रमित तथा मृत्यु हुनेको संख्या निरन्तर बढेसँगै पाकिस्तानले यस्तो निर्णय गरेको हो ।

शुक्रबार विकास तथा योजना निर्माणमन्त्री असद उमरले पाकिस्तानमा लकडाउन थप १५ दिन बढाउने निर्णय भएको बताएका हुन् । उमरले जिम्मेवार भएर लकडाउन पालना गर्न सबैलाई आग्रह गरेका छन् ।

उनले सबै मानिस जिम्मेवार नहुने हो भने लकडाउनमा थप कडाइ गरिने चेतावनी पनि दिएका छन् । पाकिस्तानले मुस्लिमहरुको पर्व रमजानमा सामाजिक दूरी कायम गर्दै प्रार्थना गर्न अनुमति दिएको छ ।

अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या ११ हजार सात सय नाघिसकेको छ भने यसबाट दुई सय ४८ जनाको मृत्यु भइसकेको छ । स्रोत : द डान

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ