मकाउ । चीनको विशेष प्रसासकिय क्षेत्र मकाउमा स्थाई र अस्थाइ रुपमा बसोबास गर्ने नेपालीहरु संगठित भएका छ्न।
संस्था स्थापना कार्यक्रमको ब्यवसायी तथा समाजसेवी उदय वाग्ले र सुदर्शन थापा मगरले सामुहिक उदघाटन गरे ।
भविष्यमा आइपर्ने कठिनाईहरु लाई मिलेर सामना गर्न र आपसी एकता र सहकार्य बढाइ सामाजिक कार्य गर्ने उद्देश्यले “नेपाली सहयोगि हातहरु” नामक सस्थाको आधिकारिक घोषणा गरिएको छ।
नवनिर्मित कार्यसमितीमा अध्यक्ष सुदर्सन थापामगर, महासचिब तथा सुचना सन्चार बिभागमा रमेश अधीकारी, कोसाध्यक्ष शमशेर थापा र सह-कोसाध्यक्ष सन्जिब कोयी रहेका छन।
सदस्यहरुमा मान बहादुर श्रेष्ठ, माईला विक, प्रेम विक, दिपक थापा र रोजन लामा रहेका छन्।

कार्यक्रममा नव गठित संस्थाका निर्देशक उदय वाग्लेले मकाउ डलर १० हजार समितीलाई हस्तान्तरण गरेका छन भने १० हजार सर्जिकल माक्स र १० हजार सेनिटाइजर आगामी कार्यक्रममा उपलब्ध गराउने धोषणा गरेका छन्।
भेलाले आगामी बैठकमा निर्णय लिने गरी महिला सञ्जाल, संस्कृति महोत्सव र खेलकुद तथा अन्य समिति सदस्यहरुको विस्तार गर्ने महासचिब रमेश अधिकारिले बताए।
संस्थाले नेपाली समुदायवीचको भाईचारा अभिवृद्धि तथा सदभावको लागि आगामी मे ३१ गते पहिलो कार्यक्रम व्याटमिनटन र बुद्धिचाल खेल आयोजना गर्ने निर्णय गरिएको अधिकारीले बताए।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्