मकाउमा नेपालीहरु संगठित, “नेपाली सहयोगि हातहरु” गठन

मकाउमा नेपालीहरु संगठित, “नेपाली सहयोगि हातहरु” गठन

received_2478343705813052

मकाउ । चीनको विशेष प्रसासकिय क्षेत्र मकाउमा स्थाई र अस्थाइ रुपमा बसोबास गर्ने नेपालीहरु संगठित भएका छ्न।

संस्था स्थापना कार्यक्रमको ब्यवसायी तथा समाजसेवी उदय वाग्ले र सुदर्शन थापा मगरले सामुहिक उदघाटन गरे ।

भविष्यमा आइपर्ने कठिनाईहरु लाई मिलेर सामना गर्न र आपसी एकता र सहकार्य बढाइ सामाजिक कार्य गर्ने उद्देश्यले “नेपाली सहयोगि हातहरु” नामक सस्थाको आधिकारिक घोषणा गरिएको छ।

नवनिर्मित कार्यसमितीमा अध्यक्ष सुदर्सन थापामगर, महासचिब तथा सुचना सन्चार बिभागमा रमेश अधीकारी, कोसाध्यक्ष शमशेर थापा र सह-कोसाध्यक्ष सन्जिब कोयी रहेका छन।

सदस्यहरुमा मान बहादुर श्रेष्ठ, माईला विक, प्रेम विक, दिपक थापा र रोजन लामा रहेका छन्।

कार्यक्रममा नव गठित संस्थाका निर्देशक उदय वाग्लेले मकाउ डलर १० हजार समितीलाई हस्तान्तरण गरेका छन भने १० हजार सर्जिकल माक्स र १० हजार सेनिटाइजर आगामी कार्यक्रममा उपलब्ध गराउने धोषणा गरेका छन्।

भेलाले आगामी बैठकमा निर्णय लिने गरी महिला सञ्जाल, संस्कृति महोत्सव र खेलकुद तथा अन्य समिति सदस्यहरुको विस्तार गर्ने महासचिब रमेश अधिकारिले बताए।

संस्थाले नेपाली समुदायवीचको भाईचारा अभिवृद्धि तथा सदभावको लागि आगामी मे ३१ गते पहिलो कार्यक्रम व्याटमिनटन र बुद्धिचाल खेल आयोजना गर्ने निर्णय गरिएको अधिकारीले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ