चीन । कोरोना भाइरसको महामारीपछि चीनको ठूला शहरमा विद्यार्थीहरु विद्यालय जान थालेका छन् ।
सांघाइमा मिडिल र हाइस्कुलका विद्यार्थी स्कुल जान थालेका छन् भने राजधानी बेइजिङमा पनि विद्यार्थीलाई विश्वविद्यालय प्रवेश परीक्षाको तयारीका लागि स्वीकृति दिइएको छ । अरु धेरै सहयमा यसअघि न विद्यालयहरु खुलेका छन् ।
गत वर्ष कोरोना भाइरसको सुरुवात भएको चीनको वुहानमा मे महिनाको ६ तारेखदेखि विद्यालय खुलाउने तयारी छ ।
चीनले कोरोना भाइरसको संक्रमण धेरै हदसम्म नियन्त्रणमा आएको बताएको छ । चीनमा गत शुक्रबारदेखि जम्मा २६ जना संक्रमितमात्र थपिएका छन् । चीनमा अहिलेसम्म ८२ हजार ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वुहान शहरका सबै कोरोना संक्रमित बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । यद्यपि त्यहाँ संक्रमण फेरि फैलिन सक्ने सम्भावना रहेको भन्दै सामाजिक दूरी कायम राख्ने उपायहरु कडाइपूर्वक पालना गराइएको छ ।
विद्यालयमा विद्यार्थीलाई मास्क अनिवार्य गरिएको छ भने कक्षाकोठामा बस्न निश्चित दूरी कायम गरिएको छ ।
चीनको हाङझोउमा एक प्राथमिक विद्यालयका हेडमास्टले विद्यार्थीहरुबीच दूरी कायम गराउन सबैलाई ‘एक मिटर ह्याट’ लगाउन अनिवार्य गरेका छन् ।
चीनको शिक्षा मन्त्रालयले बेइजिङमा विद्यार्थीको तापक्रम नापेपछि मात्र विद्यालयको गेटबाट प्रवेश गर्न पाइने व्यवस्था गरेको छ । त्यस्तै विद्यालय जान मोवाइल एपमा उनीहरुको स्वास्थ्य अवस्थाबारे ग्रिन कोड देखाउनुपर्नेछ ।
बेइजिङमा अहिले पनि विदेशबाट आउनेहरुलाई दुई हप्ता क्वारेन्टाइनमा राख्ने गरिएको छ ।
सम्बन्धित खबर
रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै विदेश भ्रमण नजान प्रधानमन्त्रीको निर्देशन
पोखरा-१५ मा विविध कार्यक्रमको आयोजना गरी धान दिवस मनाइयो
र्यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’
पर्वत फलेवास–अर्मादी सडकखण्ड निर्माणमा ढिलासुस्ती
जनताले अनुभूत गर्ने गरी गणतन्त्रको कार्यान्वयन अपरिहार्यः प्रदेश प्रमुख भट्ट
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग