स्पेनले लकडाउनको कडा नियम ४ चरणमा हटाउने

स्पेनले लकडाउनको कडा नियम ४ चरणमा हटाउने

spain_pm_92f8E5ieeU

एजेन्सी । स्पेनले आफ्नो देशमा लागू लकडाउनको कडा नियमलाई क्रमशः हटाइने जानकारी दिएको छ । लकडाउन हटाउन स्पेनको सरकारले चार चरणको योजना बनाएको छ । प्राप्त जानकारीका अनुसार जूनको अन्तिमसम्म लकडाउन हटाउने सम्भावना छ ।

स्पेनका प्रधानमन्त्री पेद्रो सांचेजले हरेक इलाका आफ्नो संक्रमणलाई गम्भीरताका साथ हेर्दै भिन्न–भिन्न गतीमा अलग–अलग तरिकाले लकडाउन हटाइने जानकारी दिएका छन् ।

स्पेनको चार द्वीपमा सबैभन्दा पहिले चार मे मा लकडाउन हटाइनेछ र त्यसपछि बिस्तारै अन्य क्षेत्रले यस्तो गर्नेछ ।

स्पेनमा कोरोना संक्रमणका कारण हालसम्म २३ हजार बढीले ज्यान गुमाइसकेका छन् र कूल संक्रमितको संख्या २ लाख ३२ हजार १ सय २८ रहेका छन् ।

स्रोतः बीबीसी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ