कोरोनाबाट अमेरिकामा एकैदिन २४ सय बढीको मृत्यु, मृतकको संख्या ५९ हजार नाघ्यो

कोरोनाबाट अमेरिकामा एकैदिन २४ सय बढीको मृत्यु, मृतकको संख्या ५९ हजार नाघ्यो

Corona America

एजेन्सी । अमेरिकामा पछिल्लो २४ घण्टामा २४ सय बढीको मृत्यु भएको छ । यहाँ मृतकको संख्या ५९ हजार नाघेको छ ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ मंगलबार २४ सय ७० को मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ५९ हजार २ सय ६६ रहेको छ ।

साथै यहाँ पछिल्लो २४ घण्टामा २५ हजार ४ सय ९ संक्रमित थपिएका छन् । हालसम्म यहाँ कोरोना संक्रमितको संख्या १० लाख ३५ हजार ७ सय ६५ रहेको छ ।

यसका साथै यहाँ कूल संक्रमितमध्ये १५ हजार २ सय ९८ को अवस्था चिन्ताजनक छ भने हालसम्म १ लाख ४२ हजार निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ