‘मलाई फेरि राष्ट्रपति बन्न नदिन चीनले जे पनि गर्न सक्छ’–डोनाल्ड ट्रम्प

‘मलाई फेरि राष्ट्रपति बन्न नदिन चीनले जे पनि गर्न सक्छ’–डोनाल्ड ट्रम्प

Trump, New York, USA – 26 Sep 2018

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफूलाई राष्ट्रपति बन्नबाट रोक्न जे पनि गर्न सक्ने बताएका छन् ।

रोयटर्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पले चीनले आफूलाई दोस्रोपटक अमेरिकाको राष्ट्रपति बनेको हेर्न नचाहेको बताए ।

उनले अहिले चीनले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि चालेको प्रयास यसको एक प्रमाण रहेको बताए ।

ट्रम्पले कोरोना भाइरसको विश्वव्यापी महामारीको लागि लगातार चीनलाई आरोप लगाउँदै आएका छन् ।

अमेरिकामा अहिलेसम्म यो महामारीको कारण ६० हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

त्यसका साथै अर्थतन्त्रमा पनि ठूलो गिरावट आएको छ भने बेरोजगारी पनि ऐतिहासिक रुपमा बढेको छ ।

ट्रम्पमाथि कोरोना भाइरसको महामारीलाई गम्भीररुपमा नलिएको आरोप लागेको छ ।

समयमा नै आवश्यक कदम नचालेकाले अहिले अमेरिकामा यो भाइरसको महामारी फैलिएको विशेषज्ञहरुले बताउँदै आएका छन् ।

तर, ट्रम्पले भने विश्वले छिटै यसलाई गम्भीरताको रुपमा लिन चीन सक्रिय बन्नुपर्ने बताएका छन् ।

अमेरिकाले यो विषयलाई लिएर चीनमाथि अतिरिक्त कर लगाउँछ त ? भन्ने पश्नमा ट्रम्पले भने, ‘म धेरै काम गर्न सक्छु ।’

पछिल्लो समय अमेरिका र चीनको बीचमा महामारीको विषयलाई लिएर द्वन्द्व बढेको छ । यसअघि ट्रम्पले कोरोना भाइरसलाई चिनियाँ भाइरस बताउँदै आएका थिए भने चीनले यो विषयलाई लिएर आपत्ति जनाएको थियो ।

आगामी नाभेम्बरमा अमेरिकामा राष्ट्रपतीय निर्वाचन हुँदैछ । यो निर्वाचनमा ट्रम्पका प्रतिस्पर्धीको रुपमा डेमोक्रेटिक पार्टीका जोन बाइडन रहनेछन् । स्रोत : बीबीसी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ