रसियाका प्रधानमन्त्री मिखाइल मिशुस्टिलाई कोरोना भाइरस संक्रमण पुष्टि

रसियाका प्रधानमन्त्री मिखाइल मिशुस्टिलाई कोरोना भाइरस संक्रमण पुष्टि

5eab03b985f5400ee344f6f1_xKeh9vr6y8

एजेन्सी । रसियाका प्रधानमन्त्री मिखाइल मिशुस्टिलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

प्रधानमन्त्री मिखाइललाई बिहीबार गरेको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

बिहीबार मात्र रुसमा ७ हजार ९९ जना नयाँ संक्रमितहरु देखिएका थिए ।

सोही क्रममा प्रधानमन्त्री मिखाइलमा पनि संक्रमण भएको पुष्टि भएको छ ।

प्रधानमन्त्री मिखाइल बेलायतका प्रधानमन्त्री बोरिस जोनसनपछि कोरोना संक्रमित हुने विश्वका दोश्रो उच्च तहका नेता हुन् ।

त्यसअघि जोनसनबाहेक उच्च तहका नेताहरु संक्रमित भएका थिएनन् ।

रुसमा योसहित संक्रमितहरुको संख्या १ लाखभन्दा बढी भएको छ ।

जनवरीमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका मिखाइले कोरोना महामारी विरुद्धको अभियानमा राम्रो भूमिका खेलिरहेका छन् ।

प्रधानमन्त्री मिखाइलले आफुलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि राष्ट्रपति भ्लादिमिर पुटिनसँग निदानका उपायबारे भिडियो कन्फ्रेन्समार्फत सल्लाह लिनुभएको दृष्य रसियन टेलिभिजनले प्रसारण गरेको थियो ।

राष्ट्रपति पुटिन र प्रधामनन्त्री मिखाइलबीच अबका केही दिन कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रथम उपप्रधानमन्त्री आन्द्र बेलोसोभले लिने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री मिखाइल भने सेल्फ आइसोलेसनमा बसेका छन् । रसियामा बिहीबारसम्म १ हजार ७३ जनाको संक्रमणबाट मृत्यु भएको छ । –बीबीसी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ