काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएका १० लाखभन्दा धेरै मानिस निको भएका छन् ।
जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसका १० लाख १४ हजार सात सय ६१ संक्रमित निको भएर घर फर्किएका छन् ।
अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा एक लाख ५३ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।
त्यस्तै जर्मनीमा एक लाख २३ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।
स्पेनमा पनि एक लाख १२ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।
चीनमा अहिलेसम्म ७८ हजारभन्दा धेरै बिरामी निको भइसकेका छन् भने इटाली र इरानमा ७५ हजारभन्दा धेरै कोभिड-१९का बिरामी निको भइसकेका छन् ।
विश्वभर कोरोना भाइरसका समग्र संक्रमितको संख्या पनि ३२ लाख ५७ हजार नाघिसकेको छ भने दुई लाख ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
चीनको वुहानमा निस्किएको कोरोना भाइरसको कारण अमेरिका सबैभन्दा बढी प्रभावित बनेको छ ।
अमेरिकामा १० लाख ६९ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् भने ६३ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।
स्पेनमा संक्रमितको संख्या दुई लाख १३ हजारभन्दा धेरै पुगिसकेको छ भने २४ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।
सम्बन्धित खबर
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
यो पनि पढौँ
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो
पोखरामा बढ्यो प्रदूषण, बन्याे देशको प्रदूषित सहर