चीनका विद्यालय र कार्यालयहरुमा दिनदिनै हुन्छ कोरोना परीक्षण

चीनका विद्यालय र कार्यालयहरुमा दिनदिनै हुन्छ कोरोना परीक्षण

corona-test-china_z29QFS7zA1

एजेन्सी । चीनका विद्यालय तथा विभिन्न सरकारी कार्यालयहरुमा कोरोना भाइरसको परीक्षण गर्ने गरिएको छ ।

हरेक दिन विद्यालय जाने विद्यार्थीहरु देखि सरकारी तथा निजी कार्यालयमा काम गर्न जाने कर्मचारीहरुको कोरोना भाइरसको परीक्षण गरेर मात्र भित्र पस्न दिने गरिएको समाचारमा जनाइएको छ ।

हरेक दिन विद्यालय पुगेका विद्यार्थीहरु यो परीक्षणका लागि लाम लागेर उभिएको देखिने गरेको छ ।

कक्षा कोठाभित्र छिर्नु अघि उनीहरुको स्वाब परीक्षण गरिन्छ ।

त्यसपछि उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि मात्र कक्षा कोठाभित्र छिर्न दिने गरिएको बताइएको छ ।

त्यसैगरी विद्यालयका अतिरिक्त सरकारी तथा निजी काममा रहेका कर्मचारीहरुको पनि स्वाव परीक्षण गरेरमात्र कार्यालय भित्र जान दिने गरिएको समाचारमा जनाइएको छ ।

त्यसैगरी यहाँका नागरिकहरु एक प्रान्तबाट अर्कोमा जाने काम प¥यो र जान लाग्यो भने पनि जानुअघि यो परीक्षण गरेर यसको रिपोर्ट नेगेटिभ आएपछि मात्र यात्रामा निस्किने गरेको छ ।

एक प्रान्तबाट अर्कोमा प्रवेशका लागि पनि कोरोना भाइरस नेगेटिभ आएको स्वास्थ्य परीक्षणको प्रमाणपत्र भएपछि मात्र छिर्न पाइने नियम बनाएको बताइएको छ ।

यहाँका बायोटेक कम्पनीहरुले पनि कोरोना भाइरसको परीक्षणसम्बन्धी किटहरु निकै ठूलो मात्रामा उत्पादन गर्ने गरेका पनि बताइएको छ ।

यसैबीच सांघाई र बेइजिङका विद्यालयहरू गत हप्तादेखि नै खुलेका हुन् ।

गतहप्ता देखि यी शहरका दशौँ हजार विद्यार्थी विद्यालय जान थालेका हुन् ।

महिनौँको बन्दपछि सोमबार पहिलो पटक बेइजिङ र सांघाइका विद्यालयहरू खुलेर हाल नियमित रुपमा पठन पाठन सुरु भएको समाचारमा जनाइएको छ ।

कोरोना भाइरसको महामारीका कारण यी शहरका विद्यालयहरू पनि बन्द गरिएको थियो ।

बेइजिङ र सांघाइसँगै चीनका प्रमुख शहरका विद्यालयहरू बन्द गरिएको थियो ।

अहिले भने चीनमा सरकारी तथा निजी कार्यालयका साथै विद्यालय, विश्वविद्यालयहरु सुचारु भएका छन् ।

चीनमा कोरोना भाइरसको उत्पत्ति भएपछि त्यहाँ लामो समयसम्म लकडाउन गरिएको थियो ।

यही लकडाउनका कारण यहाँका अरु कार्यालहरूका साथै विद्यालय तथा विश्वविद्यालयहरू पनि बन्द गरिएको थियो ।

चीनमा अहिले संक्रमणको उच्च सतर्कता अपनाइएको छ ।

यही उच्च सतर्कताका साथ व्यावसाय तथा कार्यालयहरू विस्तारै खुला गर्न थालिएको छ ।

चीनको वुहान शहरमा गत डिसेम्बरको अन्तिम हप्तादेखि देखापरेको कोरोना भाइरसको प्रकोपले सबैभन्दा पहिला चीनलाई नै प्रभावित पारेको थियो ।

यस संक्रमणबाट चीनमा ४ हजार ५०० भन्दा बढी मानिसको ज्यान गएको बताइएको छ ।

चीनमा यो महामारीको प्रकोप नियन्त्रणमा आएपछि यहाँको जनजीवन विस्तारै सामान्यतर्फ फर्किने प्रयासमा रहेको यहाँका सञ्चारमाध्यमले जनाएका छन् । –एएफपी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ