भारत । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार दुई सय १८ पुगेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा भारतमा ७१ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।
साथै यो अवधिमा दुई हजार दुई सय ९३ जना नयाँ संक्रमित पनि थपिएका छन् ।
यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ३७ हजार तीन सय ३६ पुगेको छ ।
महाराष्ट्रमा अहिलेसम्म संक्रमितको संख्या ११ हजार पाँच सय ६ पुगेको छ भने चार सय ८५ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै गुजरातमा चार हजार सात सय २१ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने दुई सय ३६ जनाको मृत्यु भइसकेको छ ।
मध्यप्रदेशमा पनि दुई हजार सात सय १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यो राज्यमा एक सय ४५ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै, उत्तर प्रदेशमा संक्रमित संख्य दुई हजार तीन सय २८ पुगेको छ भने ४२ जनाको मृत्यु भइसकेको छ ।
पश्चिम बंगालमा पनि सात सय ९५ जनामा संक्रमण पुष्टि हुँदा ३३ जनाको मृत्यु भइसकेको छ ।
बिहारमा पनि अहिलेसम्म चार सय ७१ जनामा भाइरसको संक्रमण देखिँदा तीनजनाको मृत्यु भइसकेको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु