भारत । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार दुई सय १८ पुगेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा भारतमा ७१ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।
साथै यो अवधिमा दुई हजार दुई सय ९३ जना नयाँ संक्रमित पनि थपिएका छन् ।
यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ३७ हजार तीन सय ३६ पुगेको छ ।
महाराष्ट्रमा अहिलेसम्म संक्रमितको संख्या ११ हजार पाँच सय ६ पुगेको छ भने चार सय ८५ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै गुजरातमा चार हजार सात सय २१ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने दुई सय ३६ जनाको मृत्यु भइसकेको छ ।
मध्यप्रदेशमा पनि दुई हजार सात सय १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यो राज्यमा एक सय ४५ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै, उत्तर प्रदेशमा संक्रमित संख्य दुई हजार तीन सय २८ पुगेको छ भने ४२ जनाको मृत्यु भइसकेको छ ।
पश्चिम बंगालमा पनि सात सय ९५ जनामा संक्रमण पुष्टि हुँदा ३३ जनाको मृत्यु भइसकेको छ ।
बिहारमा पनि अहिलेसम्म चार सय ७१ जनामा भाइरसको संक्रमण देखिँदा तीनजनाको मृत्यु भइसकेको छ ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध