एजेन्सी । तपाइँलाई अचम्म लाग्यो होइन ? कुनै पुरुष के ८ सय जना बच्चाको बाउ बन्न सक्छ ? अझ हरेक हप्ता एउटा नयाँ बच्चाको बाउ बन्ने हैसियत कुन मर्दले राख्ला ? आमपुरुषको हैसियत तथा कल्पना भन्दा बाहिरको यो सामर्थ्य बेलायतका एकजना पुरुषले यथार्थमा परिणत गरिदिएका छन् ।
सिमोन वाट्सन नामका ती बेलायती पुरुष अहिलेसम्म ८ सय बच्चाको बाउ बनिसकेका छन् र उनी बाउ बन्ने क्रम जारी छ । उनका सन्तानहरु हरेक हप्ताजसो विश्वका विभिन्न देशमा जन्मिरहेका हुन्छन् । वास्तवमा वाट्सन शुक्रकिट दाता हुन् । उनले सोसल मिडियामा आफ्नो व्यवसाय चलाइरहेका छन् ।
अहिले पनि उनको शुक्रकिटबाट विभिन्न देशका महिलाहरुले गर्भाधारण गरिरहेका छन् र हरेक हप्ता स्पेनदेखि ताइवानसम्म उनका बच्चा जन्मिरहेका छन् ।आउँदो १-२ वर्षमै उनले एक हजार बच्चाका बाउ बनेर अजम्बरी कीर्तिमान राख्नेछन् ।
वास्तवमा कुनै आधिकारिक क्लिनिकबाट शुक्रकिट खरिद गर्दा निकै महंगो पर्ने हुनाले सोसल मिडियामार्फत सस्तोमा शुक्रकिट खरिद गर्नेहरुको संख्या ठूलो छ । त्यसैले धेरै निसन्तान महिलाहरुले शुक्रकिट खरिद गर्नका लागि सिधै वाट्सनसँग सम्पर्क राख्छन्, सोसल मिडियामार्फत् । वाट्सन नियमित रुपमा आफ्नो स्वास्थ्य परीक्षण गराउँछन् र आफ्नो स्वास्थ्य पक्का गर्दै मात्र शुक्रकिट दान गर्दछन् ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
गौदानको नाममा क्रूर ढङ्गले कर्णालीमा बगाइएको गाई घरमै फर्कियो
पोखरा महानगरका कर्मचारी गिरी २५ हजार घुससहित पक्राउ
पोखराको सिर्जना बहिरा माविमा दुई छात्रालाई गर्भवती बनाएको आरोपमा दुई छात्र पक्राउ
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ