बेलायती प्रधानमन्त्री बोरिसले छोरालाई दिए कोरोनाबाट आफ्नो ज्यान बचाउने डाक्टरको नाम

बेलायती प्रधानमन्त्री बोरिसले छोरालाई दिए कोरोनाबाट आफ्नो ज्यान बचाउने डाक्टरको नाम

Boris Jonson

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र उनकी प्रेमिका क्यारी साइमन्डसले आफ्नो छोराको नाम विल्फ्रेड लरी निकोलास जोन्सन राखेका छन् ।

आफ्नो हजुरबुवा र जोनसन कोरोना भाइरसको संक्रमणपछि अस्पताल रहँदा आफ्नो उपचार गर्ने दुई डाक्टरको नाम आफ्नो छोरालाई दिएको साइमन्डसले शनिबार इन्सटाग्राममार्फत जानकारी दिएकी हुन् ।

उनले इन्सटाग्राममा छोरासहितको तस्विर राख्दै यसबारे जानकारी दिएकी छिन् । उनले गत बुधबार विल्फ्रेडलाई जन्म दिएकी थिइन् । उनले आफ्नो प्रसूति गराउने युनिभर्सिटी कलेज लण्डन अस्पतालका कर्मचारीलाई धन्यवाद दिएकी छिन् ।

कोरोना भाइरसको उपचारपछि जोनसन आइसीयूबाट डिस्चार्ज भएको केही दिनमा नै साइमन्डसले विल्फ्रेडलाई जन्म दिएकी थिइन् ।

छोराको नाममा ‘विल्फ्रेड’ प्रम जोन्सनको हजुरबुवाको नामबाट, ‘लरी’ आफ्नो हजुरबुवाको नामबाट र ‘निकोलास’ प्रम जोन्सनको ज्यान बचाउने डा. निक प्राइस र डा. निक हार्टबाट राखिएको उनले बताएकी छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ