बङ्गलादेशमा कोरोना सङ्क्रमितको संख्या झण्डै ९ हजार, १७५ जनाको मृत्यु

बङ्गलादेशमा कोरोना सङ्क्रमितको संख्या झण्डै ९ हजार, १७५ जनाको मृत्यु

Corona

एजेन्सी । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार झण्डै नौ हजार पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । विगत २४ घण्टामा थप ५५२ वृद्धि भई कूल सङ्क्रमितको सङ्ख्या आठ हजार ७९० पुगेको यहाँको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी प्राध्यापक नाजिमा सुल्तानाले शनिबार बताए ।

मन्त्रालयका अनुसार बङ्गलादेशमा विगत २४ घण्टामा थप पाँच सङ्क्रमितको मृत्यु भएको छ । कोभिड–१९का कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म १७५ पुगेको छ ।

उहाँका अनुसार बङ्गलादेशमा विगत २४ घण्टामा पाँच हजार ८२७ कोरोनाभाइरसका शङ्कास्पद विरामीको नमूना परीक्षण गरिएको थियो । अस्पताल स्रोतले दिएको जानकारी अनुसार सङ्क्रमितमध्ये शनिबारसम्ममा १७७ जना उपचारपछि निको भई घर फर्किएका छन् ।

विश्वभर कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या ३४ लाख २६ हजार ३८९ पुगेको छ भने दुई लाख ४० हजार ४९० सङ्क्रमित व्यक्ति को मृत्यु भएको छ । विश्वभर सङ्क्रमणपछि चिकित्सकको निगरानीमा बसेर उपचार गरी निको भई घर फर्किनेको सङ्ख्या १० लाख ९३ हजार ९६७ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ