कश्मिर । उत्तरी कश्मिरको हन्दवाडामा आतंकवादी समूहसँग शनिबार साँझदेखि भएको भिडन्तमा सेनाको २१ राष्ट्रिय राइफल्सका कमान्डिङ अफिसर आशुतोष शर्मासमेत पाँच जना सुरक्षाकर्मीको निधन भएको छ ।
मुठभेडमा सेनाको गोली लागेर दुई जना आतंकवादीको पनि मृत्यु भएको छ ।
आतंकवादी लुकेको सूचनाको आधारमा उत्तरी कश्मिरको एक घरमा सुरक्षाबलले आक्रमण गरेका थिए । आतंकवादीले घरका सदस्यलाई बन्धक बनाएका थिए । उनीहरुको उद्धारका लागि सेना र प्रहरीको टोली त्यहाँ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
हन्दवडाको छाँजीमुल्लाहमा शनिबार दिउँसो ३ः३० बजेदेखि दोहोरो भिडन्त सुरु भएको थियो । मारिनेमा कर्णेल आशुतोषको साथै मेजर अनुज, एक लान्स नायक र एक राइफलम्यान रहेका छन् । त्यस्तै, प्रहरीका सब–इन्सपेक्टर सकिल काजीले पनि घटनामा ज्यान गुमाएका छन् । सुरक्षाबलले बन्धक बनाइएका घरका सदस्यहरुको उद्धार गरेका छन् ।
कर्णेल आशुतोष शर्माले गत वर्षमात्र दोस्रो पटक सेनाबाट मेडल प्राप्त गरेका थिए । उनी गार्डस् रेजिमेन्टसँग आबद्ध थिए भने इलाहाबादका वासिन्दा रहेका थिए ।
यस वर्ष जनवरीदेखि अहिलेसम्म जम्मू–कश्मीरका अलग–अलग क्षेत्रमा भएको मुठभेडमा ६२ भन्दा बढी आतंकवादी मारिएका छन् ।
स्रोत : दैनिक भास्कर
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
शान्ति निकेतनले १५ करोड लागतमा अत्याधुनिक सुविधायुक्त भवन बनाउँदै
तनहुँको गल्छिनामा दुई बाइक ठोक्किँदा १९ वर्षीय किशोरको मृत्यु
बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते
घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य