भारतमा कोरोनाबाट १ हजार ३०६ जनाको मृत्यु, संक्रमितको संख्या ४० हजार नाघ्यो

भारतमा कोरोनाबाट १ हजार ३०६ जनाको मृत्यु, संक्रमितको संख्या ४० हजार नाघ्यो

Corona India

एजेन्सी । भारतमा कोरोना संक्रमितहरुको संख्या ४० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार संक्रमितहरुको संख्या ४० हजार २ सय ६३ पुगेको हो ।

संक्रमणबाट मृत्यु हुनेको संख्या भने १३ सय ६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ४ सय ८७ जना नयाँ संक्रमित फेला परेका छन् भने एकैदिन ८३ जनाको मृत्यु भएको छ ।

त्यस्तै १० हजार ८ सय ८७ जना बिरामी निको भएर फर्किएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ