कैलालीबाट गोरखा ल्याइएको मजदुरको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

कैलालीबाट गोरखा ल्याइएको मजदुरको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

1580895618_corona

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाको भवन निर्माणका लागि कैलालीबाट गोरखा ल्याइएका मजदुरहरुको कोरोना परीक्षण गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएको टोलीले मंगलबार आरडीटी टेस्टमार्फत उनीहरुको कोरोना परीक्षण गरेको हो ।

परीक्षणको रिपोर्ट अनुसार उनीहरुमा कोरोना संक्रमण नभएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायण अर्यालले बताए ।

‘प्रहरी कार्यालय परिसरभित्रै गएर उनीहरुको परीक्षण गर्‍यौ, सबैको रिपोर्ट नेगेटिभ आयो,’ उनले भने ।

मजदुरमा कोरोना संक्रमण नदेखिएकाले भोलिबाट भवन निर्माणको काम सुरु गर्ने एसपी ओम प्रसाद अधिकारीले बताए ।

कार्यालयको निर्माणाधिन भवनको काम सुचारु गर्न भन्दै प्रहरीले कैलालीबाट २८ जना मजदुरलाई मंगलबार गोरखा ल्याएको हो ।

लकडाउनको समयमा कोरोना संक्रमणको जोखिम रहेको ठाउँबाट मजदुर ल्याएको भन्दै जिल्लावासीले असन्तुष्टी व्यक्त गर्दै आएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds