कैलालीबाट गोरखा ल्याइएको मजदुरको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

कैलालीबाट गोरखा ल्याइएको मजदुरको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

1580895618_corona

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाको भवन निर्माणका लागि कैलालीबाट गोरखा ल्याइएका मजदुरहरुको कोरोना परीक्षण गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएको टोलीले मंगलबार आरडीटी टेस्टमार्फत उनीहरुको कोरोना परीक्षण गरेको हो ।

परीक्षणको रिपोर्ट अनुसार उनीहरुमा कोरोना संक्रमण नभएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायण अर्यालले बताए ।

‘प्रहरी कार्यालय परिसरभित्रै गएर उनीहरुको परीक्षण गर्‍यौ, सबैको रिपोर्ट नेगेटिभ आयो,’ उनले भने ।

मजदुरमा कोरोना संक्रमण नदेखिएकाले भोलिबाट भवन निर्माणको काम सुरु गर्ने एसपी ओम प्रसाद अधिकारीले बताए ।

कार्यालयको निर्माणाधिन भवनको काम सुचारु गर्न भन्दै प्रहरीले कैलालीबाट २८ जना मजदुरलाई मंगलबार गोरखा ल्याएको हो ।

लकडाउनको समयमा कोरोना संक्रमणको जोखिम रहेको ठाउँबाट मजदुर ल्याएको भन्दै जिल्लावासीले असन्तुष्टी व्यक्त गर्दै आएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ