दुई महिनापछि पहिलोपटक ट्रेनिङमा फर्किए मेस्सी

दुई महिनापछि पहिलोपटक ट्रेनिङमा फर्किए मेस्सी

messi

स्पेनिस क्लब बार्सिलोनाले शुक्रबार झन्डै दुई महिनापछि पहिलोपटक आफ्नो प्रशिक्षण सुरु गरेको छ । कोरोना भाइरस रोक्नका लागि स्पेनमा गरिएको लकडाउन केही खुुकुलो भएसँगै बार्सिलोनाले प्रशिक्षण सुरु गरेको समाचारमा जनाइएको छ ।

बुधबार बार्सिलोनाका सबै खेलाडीको कोभीड–१९ परीक्षण गरिएको थियो । त्यसयता, शुक्रबार कप्तान लियोनल मेस्सीसहित अधिकांश खेलाडी प्रशिक्षण स्थलमा ड्रिब्लिङ तथा नियमित अभ्यास गर्दै गरेको अवस्थामा भेटिए । क्लबका अनुसार ओस्माने डेम्बेलेबाहेक अन्य सबै खेलाडी प्रशिक्षणमा फर्किएका छन् । डेम्बेले भने ह्याम्स्ट्रिङ इन्जुरीका कारण यस सिजन बाँकी खेल खेल्नका लागि टोलीमा दर्ता भएका छैनन् ।

खेलाडीहरुका लागि विभिन्न चरणमा प्रशिक्षणको व्यवस्था गरिएको छ । खेलाडीहरुले सुरुमा व्यक्तिगत अभ्यास, त्यसपछि सानो समयमा अभ्यास र खेल सुरु हुनअघि पूर्ण रुपमा प्रशिक्षण थाल्नेछन्, आगामी जुनमा ला–लिगा फेरि सुरु गर्ने आशा गरिएपनि खेलतालिका भने सार्वजनिक भएको छैन ।

ला–लिगाका ११ खेल खेल्न बाँकी छदाँ बार्सिलोना शीर्ष स्थानमा छ । दोस्रो स्थानको रियल म्याड्रिड बार्सिलोनाभन्दा २ अंकले पछि छ । रियलले सोमबारबाट प्रशिक्षण सुरु गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ