राति सुत्नुभन्दा पहिला बेसारसहित दुध खानुका यस्ता छन् चमत्कारिक फाइदा

राति सुत्नुभन्दा पहिला बेसारसहित दुध खानुका यस्ता छन् चमत्कारिक फाइदा

dudh

काँचो बेसार र दुध मतलब बेसारयुक्त दुध , यो ‘टर्मरिक लाटे’ नामले पनि निकै प्रचलित पनि छ । बेसारयुक्त दुध पिउनाले थुप्रै फाइदा हुने गर्दछ । निन्द्रा राम्रो लाग्नुको साथै रोग प्रतिरक्षात्मक शक्ति पनि बढाउछ र स्वास्थ्यलाई फाइदा हुन्छ । यसमा सहि मात्रामा बेसारको प्रयोग हुनुपर्दछ , राम्रो संग उपयोग गर्न जान्यो भने मात्र बेसारको जादु चल्दछ ।

सहि मात्रामा सेवन नगर्दा बेसारले शरीरलाई नकारात्मक असर पनि पर्ने हुन्छ । बेसारयुक्त दुध कतिपय रोगको लागि नराम्रो पनि हुन सक्छ । शारिर सुन्निएको घटाउन, इम्यूनिटी बढाउन , मुटु रोग र डायबिटीजसंग लड्नको लागि पनि सहयोग गर्छ ।

बेसारयुक्त दुधका फाइदाहरु :

बेसरमा भरपुर मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ, यो करक्यूमिन एन्टीअक्सिडेन्ट गुणले भरिएको हुन्छ । एन्टिअक्सिडेन्टले शरीरलाई हानि हुनबाट बचाउने काम गर्दछ । बेसारमा भएको गुणले काम गर्नको लागि, बेसरको सहि अनुपात र पिउने समयमा ध्यान दिनुपर्छ । बेसरलाई सहि मात्रामा सेवन गर्नुपर्दछ, कम वा अधिक भयो भने स्वास्थ्यलाई नकारात्मक प्रभाव पर्न सक्छ ।

बेसार धेरै सेवन गर्दा पेट पोल्ने, भारीपन अनुभव हुने र शारिरमा हुने आइरनको स्तरलाई पनि बिगार्ने काम गर्दछ, त्यसैले बेसारलाई पूर्णप्राकृतिक रुपमा सेवन गर्नुपर्छ । बिहान खाली पेटमा पानीसंग करक्यूमिनको गोली खादैमा या आफ्नो आहारमा जथाभावी मात्रामा बेसार मिलाउदा यसले फाइदा गर्दैन ।

बेसार युक्त दुध शारीरिक चोटपटकलाई छिट्टै निको हुन सहयोग गर्छ । निन्द्रा राम्रो संग नलाग्ने तथा सुत्न समस्या हुने व्यक्तिलाई राति सुत्ने समयमा एक कप बेसारयुक्त दुध पिउदा फाइदा हुन्छ । यसले आरामदायी निन्द्रा प्रदान गर्छ ।

बेसारले शारिरको प्रतिरक्षा बढाउने काम गर्छ जसले गर्दा रुघा, खोकी वा फ्लु जस्तो मौसम परिवर्तनको कारणले हुने बिरामीबाट बचाउन सहयोग गर्छ । रति सुत्नु भन्दा पहिले बेसर दुध पिउँदा शारिरको हर्मोनल सन्तुलनमा सुधार हुन्छ जसले गर्दा अनुहारको छालाको समस्या कम हुन्छ । शरीरको तौल घटाउन, छालाको समस्या हटाउन साथै मधुमेहको बिरामीको लागि पनि बेसारको चियाले फाइदा गर्छ ।

कसरी बनाउने बेसार युक्त दुध :

एक कप दुधलाई राम्रो संग उभाल्ने र स्वादको लागि एक चिम्टी बेसार र थोरै चिनी वा सख्खर मिसाउने र सुत्नुभन्दा केहि क्षण अगाडी यसलाई तातोतातो पिउने ।

यदि मधुमेह, मुटु रोग वा हाडको जोर्नीको समस्या छ भने त्यसमा सानो टुक्रा जाइफल पनि मिसाउदा हुन्छ । थायरोइडको समस्या छ भने काजु मिसाउने र राति निन्द्रामा एठनको समस्या हुन्छ भने पनि यसले सहयोग गर्छ ।

शरीरमा उर्जा कम भएको अनुभव हुन्छ र आफ्नो त्वचामा पनि समस्या छ भने यसले सहयोग गर्छ । दुधमा बेसार संगै कालो मरिच राखेर पिउदा घाँटीमा संक्रमण भएको पनि निको हुन्छ ।

यदि ल्याक्टोज इनटोलरेन्सको समस्या छ भने बोटमिल्क वा बेसारलाई बेलुकाको समयमा नरिवल वा सख्खरसंग पनि सेवन गर्न मिल्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds