पेटको बोसो घटाउन खानुहोस यस्ता खाने कुरा

पेटको बोसो घटाउन खानुहोस यस्ता खाने कुरा

cucumber

पेटको वरिपरिको बोसोले धेरैलाई तनाव दिएको छ । घटाउने मन हुँदा हुँदै पनि परिस्थिति र समय नमिलेर धेरैलाई समस्या परिरहेको छ । यो बोसो घटाउनका लागि यस्तो चिज जरुरी छ, जसले बढी भन्दा बढी क्यालोरी बर्न गरोस् । केही सजिला तरिकाहरू यस प्रकार छन् ।

एलोभेरा जुसः एलोभेरा जुस धेरै बिरामका लागि उपयोगी ठानिन्छ । दिनमा एक कप यसको जुस पिउँदा पेटको बोसो कम हुन्छ । यसले कोलेस्ट्रोलको समस्या पनि घटाउँछ ।

काँक्रोः बेलुकाको खाना खानुभन्दा पहिले काँक्रोको जुस वा सलाद खानुहोस् । यो पेटका लागि धेरै लाभदायी छ । यो सेवनका कारण धेरै खाना खानबाट जोगिन सकिन्छ नै, यसले पेटको झाडुको काम पनि गर्छ । जसले गर्दा बिस्तारै बोसो कम हुन्छ ।

धनियाँको जुसः यसमा क्यालोरी निकै कम पाइनछ भने एन्टीअक्सिडेन्टको मात्रा धेरै हुन्छ । यसको प्रयोगबाट अरु कुनै समस्या आउँदैन । यसले किड्नी ठिक राख्न समेत सघाउँछ ।

ग्रिन टीः ग्रिन टीमा एन्टिएक्सिडेन्ट्स हुन्छ । पेटको बोसो घटाउन भने विना चिनीको ग्रिन टी पिउँदा फाइदा हुन्छ । यसले शरीरमा रहेका विषाक्त पदार्थ बाहिर निकाल्न पनि सघाउँछ । त्यसैगरी कागती मिसाएर खाँदा टक्सिनबाट पनि छुट्कारा मिल्छ ।

अदुवाको रसः प्रतिदिन एक चम्चा अदुवाको रस पेट कम गर्नका लागि धेरै सहयोगी हुन सक्छ । यसले शरीरको बोसो समेत बर्न गर्न सघाउँछ ।खानपानमा सन्तुलनसँगै नियमित व्यायाम फिट रहने सबैभन्दा उत्तम उपाय हुन् । त्यसकारण यी खानेकुरासहित नियमित व्यायाममा पनि ध्यान दिनुहोला ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ