कोरोनाभाइरसलाई जितिन् १ सय १३ वर्षीया महिलाले

कोरोनाभाइरसलाई जितिन् १ सय १३ वर्षीया महिलाले

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण स्पेनमा संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । संक्रमित संख्या बढ्दै गएपनि स्पेनमा निको हुनेको संख्या पनि बढेको छ । यस्तै स्पेनमा १ सय १३ वर्षीया महिला पनि कोरोनालाई जितेकी छिन् । कोरोनालाई हराएकी ती महिला मारिया ब्रानयास हुन् ।

उनलाई गएको मार्चमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । कोरोना देखिएपछि उनी हप्तौसम्म आइसोलेसनमा बसेकी थिइन् । उनी सन् १९०७ मा मेक्सिकोमा जन्मेकी हुन् । उनका तीन सन्तान र ११ नातिनातिना छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ