जर्मन बुण्डेशलिगामा आज ६ खेल हुँदै

जर्मन बुण्डेशलिगामा आज ६ खेल हुँदै

bundesliga

काठमाडौं । विश्वभर महमारीको रुपमा फैलिएको कोरोनाभाइरस कोभिड-१९ ले स्थगित जर्मन फुटबल लिग बुण्डेशलिगा आजदखि पुन सुरु हुँदैछ । युरोपको शीर्ष पाँच व्यावसायिक लिग मध्ये एक रहेको बुण्डेशलिगा २ महिनाभन्दा बढी समयपछि मैदान फर्कन लागेको हो ।

विश्वभर कोरोनाभाइरसले सबैखाले खेलकुद गतिविधिलाई असर गर्दा फुटबल खेलहरु समेत रोकिएका थिए । यसैबीच शीर्ष पाँच लिगमध्ये एक फ्रेन्च लिग वान र बेल्जियनको प्रो लिग भने रद्द नै भइसकेको छ ।

जर्मनीको लिग बज शुरु हुँदैछ भने अन्य ठूला लिगहरु प्रिमियर लिग स्पानिस ला लिगा र इटालियन सिरी ए जुनको दोस्रो साता सुरु गर्ने तयारीमा छ ।

कोरोनाभाइरस पूर्ण रुपमा नियन्त्रण नहुँदै शुरु हुन लागेको बुण्डेशलिगाका खेलहरु दर्शक बिनै क्लोज डोरमा हुनेछ । आज शनिवार ६ खेल हुँदैछन् । जसमा दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमण्ड र छैटौं स्थानको साल्के बीचको खेललाई प्रतिक्षाको रुपमा हेरिएको छ । यो खेल नेपाली सयमअनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ ।

अहिलेका चर्चित युवा खेलाडीहरु एर्लिन हालान्ड र जाडोन सान्चो जस्ता खेलाडीका साथ पाएको डर्टमण्ड घरेलु मैदानमा सुदख नतिजा ल्याउने योजनामा छ ।

डर्टमण्ड र साल्केबीचको खेललाई रिभर डर्बीको रुपमा परिचित छ । त्यसैले यो खेल प्रतिस्पर्धात्मक हुने विश्वास छ ।

घरेलु मैदानमा आफ्नो पक्षमा नतिजा ल्याउन सके डर्टमण्डले शीर्ष स्थानको वायर्न म्युनिखसंग अंकदुरी १ मा झार्नेछ । वायर्नको २५ खेलबाट ५५ अंक छ भने डर्टमण्डको समान खेलबाट ५१ अंक छ ।

सोही समयमै आरबी लेइपजिग र फाएवर्ग अग्सबर्ग वल्फ्सवर्ग होफेनहेइम र हेर्था बिएससी फर्चुना डुसेलडोफ र एससी पाडेनबर्नबीच खेल हुनेछ । यस्तै राती सवा १० बजे एनट्राट फ्राङ्कफर्ट र बोरुसिया मोन्चेनग्लाडबाकबीच खेल हुनेछ ।

कोरोना भाइरसले स्थगित भएको ६८ दिनपछि बुण्डेशलिगा फेरि हुन लागेको हो । पछिल्लो पटक ८ मार्चमा जर्मनीङ्गा फुटबल भएको थियो । कूल १८ क्लब सहभागि बुण्डेशलिगामा २५औं चरणको खेल सकिकएको छ । अब हरेक क्लबले ९(९ खेल खेल्न बाँकी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ