अहिले कुनैपनि स्वास्थ्य समस्याले सताएमा तुरुन्तै अस्पताल जाने वा उपचार गर्ने अनुकुलता छैन । अझ सानोतिनो समस्यामा त अस्पताल जानु भनेको संभावित जोखिम निम्त्याउनु हो । त्यसैले यतिबेला स्वास्थ्यप्रति थप सचेत र सजग हुन जरुरी छ ।
कतिपय अवस्थामा खानपानले हामीलाई बिरामी बनाइरहेको हुन्छ । अहिले गर्मीको समयमा त खानपानमा अरु ध्यान दिनुपर्छ । बासी, सडेगलेको खानेकुराले स्वास्थ्यमा समस्या ल्याउँछ । यो मौसममा चाडै सड्ने, गल्ने हुन्छ । झिंगा, साङ्ला आदिले खानेकुरा दुषित बनाइदिन्छ ।
अतः यसरी कुनै कारणवस पेटमा खराबी भएको बेला कतिपय खानेकुरा खान उचित हुँदैन । खासगरी पेटको समस्यामा सुपाच्य वा सादा खानेकुरा उचित हुन्छ । तारेको, भुटेको, मसलेदार, माछामासुले थप समस्या निम्त्याउँछ ।
मसालेदार खाना
मसालेदार खाना खानाले पेटमा दुखाई र पेट पोल्ने समस्यालाई अझै गम्भिर बनाउँछ । चिल्लो र धेरै पिरोयुक्त खानेकुरा खानाले पेट दुखेको बेलामा अरु समस्या थप्छ । यसैले मसालेदार खानाको सेवन पेट दुखेको बेलामा नगर्नुहोस् । भुटेको तारेको मासु, चाउमिन, फ्रेन्चफ्राइज जस्ता खानेकुरा खान हुँदैन ।
उच्च फाइबरयुक्त खाद्यपदार्थ
धेरै फाइबर युक्त खानाको कारण धेरै दिसा लाग्ने समस्या निम्तन सक्छ सक्छ । यसैले पेट दुखेको बेलामा उच्च फाइबरयुक्त खानेकुराको सेवनबाट बच्नुपर्छ ।
क्याफिनको सेवन
पेट दुखेको बेलामा क्याफिनको सेवन गर्नु हानीकारक हुन्छ । यसैले पेट दुखेको बेला कफी लगायत अन्य क्याफिनयुक्त पेय पदार्थ सेवन नगर्नुहोस् ।
प्रशोधित खाना
प्रशोधित खानामा धेरै रसायन हुन्छन् साथै यो छिट्टै पच्दैन पनि । पेट दुखेको समयमा प्रसोधित खानेकुरा खानु हुँदैन ।
एसिडयुक्त खाद्यपदार्थ
एसिडयुक्त खाद्यपदार्थ जस्तै टमाटर आदिको सेवन नगरौं । यसले तपाईंको पेट दुख्ने समस्यालाई अझै बढाउन सक्छ । त्यसैले यसको सेवन गर्नबाट बच्नुहोस् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी