‘भारतको पछिल्लो गतिविधि हामी सबै नेपालीलाई स्वीकार्य छैन’ : नायक हमाल(भिडियो)

‘भारतको पछिल्लो गतिविधि हामी सबै नेपालीलाई स्वीकार्य छैन’ : नायक हमाल(भिडियो)

rajesh hamal

पोखरा – नायिका मनिषा कोइरालाले गरेको एक ट्विटको विषयलाई लिएर भारतीय मिडिया उनलाई तल्लो स्तरको गाली गलौजमा उत्रिएका छन् । यो विषयमा नेपाली चलचित्रका कलाकारहरूले पनि आवाज उठाउन थालेका छन् ।

नेपाली चलचित्रका चर्चित नायक राजेश हमालले पनि आफ्नो भनाइ सार्वजनिक गरेका छन् । नायक हमालले फेसबुकमा भिडियो नै सार्वजनिक गर्दै आफ्नो भनाइ राखेका हुन् । हमालले अंग्रेजी भाषामा सार्वजनिक गरेको आफ्नो विचारमा भनेका छन्–‘छिमेकी मित्रराष्ट्र भारतको पछिल्लो गतिविधिले हामी सबै नेपालीलाई मर्माहत बनाएको छ । इतिहास नै साक्षी छ कि, लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भू-भाग हो ।

हमालले भारतको पछिल्लो समयको गतिविधि स्वीकार्य नभएको पनि उल्लेख गरेका छन् । उनले सम्पूर्ण नेपाली जनताले आफ्नो सीमाको विषयमा कुनै पनि खालको सम्झौता नगर्ने उल्लेख गरेका छन् ।

https://www.facebook.com/rajesh.hamal.5872682/videos/2632851130263061/?t=2

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ