नेपाली कलाकारको टिकटकमा कस्को फ्यान कती ?

नेपाली कलाकारको टिकटकमा कस्को फ्यान कती ?

tiktok

अहिले सामाजिक सञ्जालका विभिन्न भेराईटि एपहरू छन् । कलाकारहरु पनि त्यसैको पछि लाग्न थाले, यसको कारण हो आजकालका कलाकारहरु सहजै र सरलै जहाँपनि उपलब्ध हुन थालेको छन् र महत्व पनि घटेको छ ।

केही नायिकाहरुले आफ्नै गीत र संवादमा टिकटक बनाउने गरेका छन् भने केहीले हिन्दी गीत र संवादलाई प्रथामिकता दिएका छन् । जे होस टिकटकमा उनिहरूको राम्रो फ्यान फ्लइङ छ ।

वर्षा राउत
निकै समयदेखि टिकटकमा जोडिएकी नायिका हुन् बर्षा राउत । टिकटकमा वर्षाका आठ लाख ५६ हजार बढी फलोअर्स छन् ।

प्रियंका कार्की
टिकटकमा १०९ वटा भिडियो पोष्ट गरी नायिका प्रियंकाको पनि ३ लाख ६६ हजार भन्दा बढि फलोअर्स छन् । नेपाली तथा हिन्दी गीतसँगै आफ्नो रहनसहन वारे पनि उनी टिकटक भिडियो बनाउने गर्छिन् ।

आँचल शर्मा
टिकटकमा चम्किएकी नायिका हुन् आँचल शर्मा । आफ्नै गीतहरुमा १५ सेकेण्डको टिकटकमा व्यस्त हुने उनलाई टिकटकमा धेरैले पछ्याएकी छन् । उनका फलोअर्स पाँच लाख ८४ हजार जना छन् ।

नीता ढुंगाना
आफ्नो अभिनय र नृत्यलाई विशेष स्थान टिकटकमा दिने नायिका हुन् नीता ढुंगाना । उनले टिकटकमा दुई लाखभन्दा बढी फलोअर्स कमाएकी छन् ।

पूजा शर्मा
पछिल्लो समय पुजा शर्माले आफ्नो घरको अवस्था र रहनसहन समेत टिकटकमा हाल्ने गरेकी छन् । उनले टिकटकमा नेपाली र हिन्दी गीत तथा संवादहरुलाई बढि प्रथामिकता दिने गरेकी छन् । उनको टिकटकमा दुई लाख ६८ हजार फलोअर्स छन् ।

केकी अधिकारी
पछिल्लो समय टिकटकमा देखिएकी नायिकी मध्ये अर्की नायिका हुन् केकी अधिकारी । तर, उनी निकै कम समय टिकटकलाई दिने गर्छिन् । केही लोक गीतमा पनि उनले टिकटक बनाएकी छिन् । उनको टिकटकमा १ लाख २० हजार भन्दा बढि फलोअर्स रहेका छन् ।

बर्षा शिवाकोटी
हालै टिकटकमा जोडिएकी नायिका हुन् बर्षा शिवाकोटी । शुरुमा टिकटक मन नपर्ने बताउने गरी बर्षा प्रमोशनको साहारा टिकटक हुने संभावना देखेर आएको बताएकी छिन् । उनको फलोअर्स भर्खरै शुरु भएको देखिन्छ ।

प्रदीप खड्का
कहिले काहीँ टिकटकमा देखिने नायक हुन् प्रदिप खड्का । उनले आफ्नै सामाग्रीलाई प्रोत्साहन गरर्ने गरेका छन् । विशेषगरि आफ्नो सुटिङको समयको भिडियोहरु उनले टिकटकमा हाल्ने गरेका छन् ।

पल शाह
टिकटकमा देखिने अर्का नायक हुन् पल शाह । ५० हजार बढि फलोअर्स बनाएका उनले अहिलेसम्म ११२ वटा भिडियोहरु पोष्ट गरेका छन् । विशेष गरि नेपाली गीत र त्यसमा पनि आफ्नै गीतहरुलाई उनले बढि प्रथामिकता दिने गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ