पोखराका थप १ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकी प्रदेशमा संक्रमितको संख्या ११५ पुग्यो

पोखराका थप १ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकी प्रदेशमा संक्रमितको संख्या ११५ पुग्यो

Corona Update1

पोखरा । पोखराका थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिकाको क्वारेन्टाइनमा बसेका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरा स्थायी ठेगाना भएका ४२ वर्षका पुरुषमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमितलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय १५ पुगेको छ ।कोरोना संक्रमितको मृत्यु यो नै पहिलो हो ।

पोखराको आइसोलेसनमा उपचाररत स्याङ्जा वालिङका कोरोना संक्रमितको मृत्यु

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ