चिनियाँ राष्ट्रपति सी चिनफिङ किसानका खेत-खेतमा

चिनियाँ राष्ट्रपति सी चिनफिङ किसानका खेत-खेतमा

china prime minister

चीन – चिनियाँ राष्ट्रपति सी चिनफिङ चीनमा कृषि उत्पादन बढाउन ठाउँ-ठाउँमा गएर किसानहरूलाई प्रोत्साहन दिइरहेका छन् । गरिबी हटाएर सम्पन्नता ल्याउन आफूले कुनै कसर नछोड्ने भनी उनले चीनको स्वायत्त प्रदेश निनसिया हुइमा गरेको सम्बोधनलाई चिनियाँ सञ्चारमाध्यमहरूले प्रमुखताका प्रकाशित गरेका छन् ।

उनी बुधवार सो प्रान्तमा गएर किसानहरूसँग छलफल गरेका थिए । विगत केही महिना यता उनले युनान, बेइजिङ, हुबेई जिज्याङ, सान्सी प्रान्तमा भ्रमण गरिसकेका छन् । उनले किसानहरूलाई कम्युनिस्ट पार्टीका योजनाहरूलाई पूर्ण रूपमा लागू गर्न स्थानीय अधिकारीहरूलाई निर्देशन दिएको चाइना ग्लोबल टेलिभिजन नेटवर्कले जनाएको छ ।

कोरोनाका कारण संकुचनमा परेको अर्थतन्त्रलाई उकास्न किसानहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै उनले स्थायी रोजगार र जनजीविकाको प्रश्नमा सरकार सधैं जनताको साथ रहेको बताएका हुन् ।

विश्वको उदीयमान देश चीनका राष्ट्रप्रमुख किसानको खेतमा गएर भलाकुसारी गर्दा उनको नजिक सुरक्षाकर्मीको तडकभडक पनि देखिएको छैन । -एजेन्सी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ