कोरोना महामारीका कारण रोकिएको स्पेनिस लालिगा फुटबल पुन: सुरु हुँदा बार्सिलोनाका लुईस सुआरेज र लियोनल मेस्सी मैदान उत्रन तयार भएका छन।
बार्सिलोनाले आइतबार राति मालोर्काको सामना गर्दैछ। अंकतालिकामा दोस्रो स्थानको रियल मड्रिडभन्दा बार्सिलोना २ अंकले मात्रै अघि छ।
खेल आज राती नेपाली समय आनुसार १:४५ म हुनेछ ।
महामारीले खेल रोकिनुअघि चोटका कारण दुवै खेलाडी मैदान बाहिर थिए। गत जनवरीमा घुँडाको सर्जरीका कारण मैदान बाहिर रहेका सुआरेजलाई कोरोनाका कारण खेल रोकिदा निको हुन समय मिलेको थियो।
यस्तै टप स्कोरर मेस्सी पनि तिघ्राको समस्यासँग जुधिरहेका थिए। महामारीका कारण रोकिएको खेल ९७ दिनपछि सुरु हुन लाग्दा दुबै खेलाडी पहिलो खेलका लागि अभ्यासमा उत्रिएका छन।
मेस्सीका बारेमा बोल्दै प्रशिक्षक क्युकि सेटिनले भने, उनी राम्रो अभ्यास गरिरहेका छन र अहिले कुनै समस्या पनि छैन।
यस्तै सुआरेजको विषयमा उनले थपे, हामीले सोचेको भन्दा उनमा निकै सुधार आएको छ। तर लामो समय मैदानबाहिर रहँदा उनी कति तयार छन भन्ने प्रश्न बाँकी छ।
लालिगामा अझै ११ राउण्डका खेल बाँकी छ। कोरोना महामारीका कारण रोकिएका खेलहरु बिहीबारबाट सुरु भएका थिए।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
सरकारबाट कुनै ठूलो ड्यामेज गर्ने निर्णय भए रातारात परिवर्तन हुन्छ, पार्टीले हेर्छ: रवि लामिछाने
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
राम्दीमा नेपालकै पहिलो ‘टाइड आर्च’ पुल निर्माण
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त