म्याच फिक्सिङ आरोपमा ५ वर्षदेखि प्रतिबन्धित ६ जनालाई सर्वोच्चबाट सफाई

म्याच फिक्सिङ आरोपमा ५ वर्षदेखि प्रतिबन्धित ६ जनालाई सर्वोच्चबाट सफाई

match-fixing-cleanchit

खेल मिलेमतो (म्याच फिक्सिङ) मा आरोपित राष्ट्रिय फूटबल टीमका पूर्व कप्तान सागर थापासहितका ६ जना खेलाडीलाई राज्यबिरुद्धको द्रोह मुद्दामा मंगलबार सर्वोच्च अदालतले ‘क्लिन चिट’ दिएको छ । यससँगै नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापा, रितेश थापा, सन्दिप राई, विकाससिंह क्षेत्रीसँगै प्रशिक्षक अन्जन केसी र फिलजियो थेरापिस्ट डेजिव थापाले नेपालभित्रको सबै मुद्दाबाट मुक्त भएका छन् ।

यसअघि २०७५ जेठ २५ गते विशेष अदालतले सागर सहित ६ जना माथि लागेको खेलमिलेमतोको आरोपमा सफाई दिईसकेको थियो । विशेष अदालतको फैसला अमान्य भन्दै सरकारी वकिल पक्षले पुन: मुद्दालाई पुनरावलोकनका निम्ति दर्ता गरेको थियो ।

वि.सं २०७२ असोज २७ गतेको दिन अपराध महाशाखाले खेल मिलेमतोमा संलग्न देखिएको भन्दै सागरसहित सबै ६ जनालाई नियन्त्रणमा लिई सोही वर्षको कार्तिक २२ गते राज्यबिरुद्धको द्रोहमा विशेष अदालतमा मुद्दा चलाएको थियो । सोही पुनरावलोकनको मुद्दा उपर मंगलाबार सर्वोच्चका न्यायाधिशद्वय आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त ईजलासले विशेष अदालतको फैसलालाई सदर गरेको छ ।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले सागरसहित ६ जनालाई २०७२ असोज २७ गते पक्राउ गरेको थियो । झण्डै एक महिनापछि धरौटीमा छुटेका उनीहरुले विशेषबाट २५ जेठ २०७५ मा सफाइ पाए ।

सागरले भने: नेपालको म्याच खेलेर सन्यास लिन पाउनुपर्छ 

उनले ६ वर्षसम्मको समय जिन्दगीको सबैभन्दा कठिनको पीडादायी समय भएको उल्लेख गर्दै यसको जिम्मेवारी कसले लिन्छ भन्दै प्रश्न गरे । सागरले भने, ‘सत्यको जित भएको छ । तर यतिमै लडाई टुङ्गिएको छैन । एएफसीबाट प्रतिबन्धित नै छौ । महाभारत त जित्नै बाँकी छ । सर्वोच्चले नि सफाई दिएपछि त सरकार अथवा अभिभावक एन्फाले हाम्रो लागि एएफसीमा आवाज उठाईदिए हामी चोख्खिने थियौ ।’

खेलाडीहरुको अदालती प्रक्रिया झण्डै ५ वर्ष चल्यो । यो समयमा आफूहरुबाट धेरै कुरा खोसिएको भन्दै उनले भने, ‘एउटा उचााईमा पुगेको थिए, सबैको माया सम्मान पाएको थिएँ तर । यो आरोप लागेपछि सबै विपरित भयो । मानिसहरुका अगाडि बोल्न समेत गाह्रो थियो । भविश्य अन्धकार भयो ।’ अघि भने, ‘यसको जिम्मा कसले लिन्छ । एन्फाले लिने हो कि सरकारले वा अरु कसैले ?’ आफूले राष्ट्रिय टिमका लागि गरेको योगदानका आधारमा पनि आर्मब्याण्ड लगाएर नेपालको म्याच खेलेर सन्यास लिन पाउनुपर्ने पूर्व कप्तान थापाको माग छ ।

सबै जना २०७२ देखि एशियाली फुटबल महासंघ (एएफसी) को अनुशासन कमिटीबाट आजिवन प्रतिबन्धमा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds