बलिउडका अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यासँगै बलिउडमा फेरि एक पटक परिवारवाद र नातावादको चर्को आलोचना भयो । अहिले बलिउडमा यो मुद्दा केन्द्रमा छ । त्यसो त, सुशान्त सिंह परिवारवादको शिकार हुने एक दुखी पात्र बने । यस क्रममा सुशान्तले भोग्नु परेको वहिष्करणबारे थप बहस हुन थालेको छ । कंगना करोटले सुशान्तको कामको प्रशंसा गर्दै उनले भोगेको दुखलाई सार्वजनिक रुपमा बहस नै उठाइन् ।
सुशान्तका दुई फ्यानले भने उनकै नाममा आत्महत्या गरेको खबर भारतीय मिडियाले उल्लेख गरेका छन् । महाराष्ट्रमा २० वर्षीया एक युवतीले आफ्नै घरमा डोरीले झुण्डिएर आत्महत्या गरिन् ।उनले आफ्नी भाउजुसँग सुशान्तले झैँ आफू पनि आत्महत्या गर्ने बताएकी थिइन् । तर भाउजुले हप्काएपछि केही बेर शान्त भए पनि केही घण्टामै उनले आत्महत्या गरेकी थिइन् ।
यस्तै, बरेलीका अर्का एक युवकले सुशान्तको नाममा सुसाइड नोट लेख्दै आत्महत्या गरेको भारतीय मिडियाले सार्वजनिक गरेका छन् । ती युवकले सुशान्तको आत्महत्याको समाचार टिभीमा देखेपछि सुसाइड नोट लेखेर आत्महत्या गरेको बताइएको छ । ‘सुशान्तले त आत्महत्या गर्न सक्छन् भने म किन सक्दिन ?’ भनेर लेख्दै आत्महत्या गरेको बुझिएको छ ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
दरौंदी खोलामा ढुंगागिटी निकाल्दा बनेको रहमा डुबेर सिजलको मृत्यु
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही
पोखरामा यौन व्यवसाय सञ्चालन गर्ने ३ जना पक्राउ, ५ महिलाको उद्धार