अष्ट्रेलियाको मेलबर्नमा पुनः लकडाउन गर्ने निर्णय, अनावश्यक घुमेको अवस्थामा पक्राउ परे जरिवाना

अष्ट्रेलियाको मेलबर्नमा पुनः लकडाउन गर्ने निर्णय, अनावश्यक घुमेको अवस्थामा पक्राउ परे जरिवाना

Melborn Lockdown 2nd

एजेन्सी । कोरोना संक्रमितको संख्यामा अत्यधिक वृद्धिपछि सरकारले अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा एकपटक पुनः लकडाउन गर्ने निर्णय लिएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बुधबार राती १२ बजेखेखि यो लकडाउन लागू हुनेछ । मेलबर्नमा लकडाउनको निर्णय यस्तो समयमा लिइएको हो जब अष्ट्रेलियाका अन्य ठूला शहर र देशका अन्य भागमा नाटकीय रुपमा अधिकांश प्रतिबन्ध हटाइएको छ ।

स्थानीय मिडिया रिपोर्ट अनुसार मेलबर्नमा बस्ने करिब तीन लाख २० हजार जनतालाई अत्यावश्यक काम पर्दा मात्रै बाहिर निस्कन आग्रह गर्दै घरमै बस्न अपिल गरेका छन् ।

चार हप्ताका लागि यो लकडाउन लागू गरिँदै छ । यतिबेला स्कूल वा कलेज जान, खानपिनको सामान लिन र स्वास्थ्यकर्मीको आवतजावतमा प्रतिबन्ध लगाइने छैन । यद्यपि, सबैलाई सामाजिक दुरी कायम राख्न सुझाव दिइएको छ ।

मेलबर्न जाने सबै फ्लाइट पनि रद्द गरिएको छ र शहरमा अनावश्यक घुमेको अवस्थामा पक्राउ परे जरिवानाको प्रावधान पनि राखिएको छ ।

सरकारी आँकडाका अनुसार अष्ट्रेलियामा अहिलेसम्म ७ हजार ९ सय कोरोना संक्रमित भेटिएका छन् र १०४ जनाको कोभिड–१९ का कारण मृत्यु भइसकेको छ ।

स्रोतः बीबीसी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds