घरेलु उपचार कति प्रभावकारी !

घरेलु उपचार कति प्रभावकारी !

gharelu upachar

तुलनात्मक रुपमा घरेलु उपचार धेरै सस्तो हुन्छ । सजिलो पनि । घरेलु उपचारले दीर्घकालिन प्रभाव पार्छ ।

तर, यसको अर्को पाटो पनि छ । एलोपेथिक जस्तो घरेलु उपचारको तुरुन्त प्रभाव देखिदैन । यसले बिस्तारै प्रभाव पार्ने हो । कतिपय अवस्थामा हामीलाई यसको मात्रा र प्रयोग विधी पनि थाहा हुँदैन ।

प्राकृतिक घरेलु उपचार यस्तो विधी हो, जो घरमा सजिलै उपलब्ध हुने बस्तुबाट तयार हुन्छ । जस्तो कि, अदुवा, लसुन, मसला, घिउकुमारी, तुलसी, प्याज, गोलेभडा, बेसार, नुन, मरिज, जडीबुटी आदि । यी यस्ता चिज हुन्, जो हाम्रो भान्सामा जहिले पनि उपलब्ध हुन्छ ।

घरेलु उपचारको आम विशेषता के भने, यसलाई सामान्य व्यक्तिले पनि उपयोग गर्न सक्छन् । यसकारण कुनै विशेषज्ञताको आवश्यकक्ता हुँदैन । यद्यपी यसलाई उचित तरिकारले वा उचित विधी अनुसार गर्न जान्ने हो भने त्यो थप प्रभावकारी हुन्छ ।

जटिल शारीरिक समस्यामा घरेलु उपचार विधीले तत्काल प्रभाव पार्दैन । यद्यपी दीर्घरोग लगायत कतिपय समस्यामा भने घरेलु उपचार राम्रो विकल्प हो । डन्डिफोर वा छालाको अन्य समस्या, दाद, केस झर्ने, यीस्ट संक्रमण, टाउको दुख्ने, पेटको समस्या, ज्वरो, कब्जियत, रुँघा, श्वास संक्रमण जस्ता समस्यामा घरेलु उपचार प्रभावकारी हुन्छ ।

यदि कुनैपनि रोगको उपचार गरिरहेको वा कुनै औषधि सेवन गरिरहेका व्यक्तिले घरेलु उपचार गर्दा चिकित्सकको परामर्श भने लिनुपर्छ ।

घरेलु उपचारले कसरी काम गर्छ ?

१) घरेलु उपचारले सुक्ष्म जीवलाई मार्छ वा त्यसको बृद्धिलाई रोक्छ ।

२) कति सूक्ष जीवलाई जीवित राख्नका लागि अनुकूल वातावरण बन्न दिदैन ।

३) प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । शरीरको सूक्ष्म जीवसँग लड्न सक्षम बनाउँछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ