तुलनात्मक रुपमा घरेलु उपचार धेरै सस्तो हुन्छ । सजिलो पनि । घरेलु उपचारले दीर्घकालिन प्रभाव पार्छ ।
तर, यसको अर्को पाटो पनि छ । एलोपेथिक जस्तो घरेलु उपचारको तुरुन्त प्रभाव देखिदैन । यसले बिस्तारै प्रभाव पार्ने हो । कतिपय अवस्थामा हामीलाई यसको मात्रा र प्रयोग विधी पनि थाहा हुँदैन ।
प्राकृतिक घरेलु उपचार यस्तो विधी हो, जो घरमा सजिलै उपलब्ध हुने बस्तुबाट तयार हुन्छ । जस्तो कि, अदुवा, लसुन, मसला, घिउकुमारी, तुलसी, प्याज, गोलेभडा, बेसार, नुन, मरिज, जडीबुटी आदि । यी यस्ता चिज हुन्, जो हाम्रो भान्सामा जहिले पनि उपलब्ध हुन्छ ।
घरेलु उपचारको आम विशेषता के भने, यसलाई सामान्य व्यक्तिले पनि उपयोग गर्न सक्छन् । यसकारण कुनै विशेषज्ञताको आवश्यकक्ता हुँदैन । यद्यपी यसलाई उचित तरिकारले वा उचित विधी अनुसार गर्न जान्ने हो भने त्यो थप प्रभावकारी हुन्छ ।
जटिल शारीरिक समस्यामा घरेलु उपचार विधीले तत्काल प्रभाव पार्दैन । यद्यपी दीर्घरोग लगायत कतिपय समस्यामा भने घरेलु उपचार राम्रो विकल्प हो । डन्डिफोर वा छालाको अन्य समस्या, दाद, केस झर्ने, यीस्ट संक्रमण, टाउको दुख्ने, पेटको समस्या, ज्वरो, कब्जियत, रुँघा, श्वास संक्रमण जस्ता समस्यामा घरेलु उपचार प्रभावकारी हुन्छ ।
यदि कुनैपनि रोगको उपचार गरिरहेको वा कुनै औषधि सेवन गरिरहेका व्यक्तिले घरेलु उपचार गर्दा चिकित्सकको परामर्श भने लिनुपर्छ ।
घरेलु उपचारले कसरी काम गर्छ ?
१) घरेलु उपचारले सुक्ष्म जीवलाई मार्छ वा त्यसको बृद्धिलाई रोक्छ ।
२) कति सूक्ष जीवलाई जीवित राख्नका लागि अनुकूल वातावरण बन्न दिदैन ।
३) प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । शरीरको सूक्ष्म जीवसँग लड्न सक्षम बनाउँछ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’