अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण, जया र ऐश्वर्याको रिपोर्ट आउन बाँकी

अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण, जया र ऐश्वर्याको रिपोर्ट आउन बाँकी

bachhan family

नयाँदिल्ली – बलिउडका चर्चित कलाकार अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोरोना संक्रमण भएको छ ।

कोरोना पोजिटिभ रिपोर्ट आएपछि बाउ–छोरा दुबैलाई नै शनिबार राति मुम्बईस्थित नानावती अस्पताल भर्ना गरिएको छ ।

‘अमिताभ बच्चन र अभिषेक बच्चनको स्वास्थ्य परीक्षण गरिएको थियो । दुवैको रिपोर्ट कोरोना पोजिटिभ आएको छ,’ मुख्यमन्त्री टोपेले भने, ‘उनीहरूका सदस्य जया बच्चन (अमिताभकी पत्नी) र ऐश्वेर्या राय (अभिषेककी पत्नी) को पनि कोरोना परीक्षण गरिएको छ, उनीहरूको रिपोर्ट आज आउँदैछ ।’

अमिताभ र अभिषेकले ट्वीट गर्दै आफूहरुलाई कोरोना संक्रमण भएको जानकारी गराएका थिए । १० दिनअघिसम्म आफूहरुको सम्पर्कमा आएकालाई कोरोना परीक्षण गराउन समेत उनीहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ