पूजापछि ओइलाएको फूल कहाँ सेलाउने ?

पूजापछि ओइलाएको फूल कहाँ सेलाउने ?

flower

हिन्दुधर्ममा भगवानको मुर्ती, प्रतिमा वा फोटोमा फूल अर्पण गर्ने परम्परा छ । यसरी भगवानलाई फूल अर्पण गर्दा श्रद्धालुको मनोकामना पुरा हुने धार्मिक विश्वास छ ।

मानिसहरु घरमा भगवानको मुर्ती वा प्रतिमा स्थापित गरेर फूल चढाउने गर्दछन् । तर यसरी चढाइएका फूल जलाशयमा सेलाउने चलन छ । तर कुहिएको फूल जलासयमा हाल्दा यसले फोहर हुने गर्दछ । त्यसो भए भगवानको पूजामा चढाइएको फूललाई के गर्ने ?

१) भगवानलाई चढाइएको फूल सेलाउँदा फूलको अपमान नहुने ठाउँमा राख्नुपर्छ । सकेसम्म यसलाई खुट्टाले टेक्नु हुदैन ।

२) भगवानलाई चढाएको फूल ओइलिएपछि त्यसलाई पहिले आफ्नो निधारमा टाँसेर आँगनको तुलसी वा मन्दिर परिसरको कुनै रुखको फेदमा सेलाउनुपर्छ ।

३) रुखमुनि ओइलाएको फूल राख्दा यसले रुखलाई मलको रुपमा काम गर्दछ । जसबाट रुखले पोषक तत्व पाउँछ साथै अन्यत्र फोहोर पनि हुदैँन ।

४) भगवानलाई अर्पित गरिएका सबै वस्तु पवित्र हुने भएकाले फूल समेत पवित्र मानिन्छन् । तसर्थ भगवानलाई चढाइएको फूल जहाँ पायो त्यहा फ्याकेर अपमान गर्नु हुदैन ।

५) फूल मात्र होइन भगवानलाई चढाएको प्रसाद पनि लामो समयसम्म राख्नु हुदैन । यसलाइृ पूजा समापन भए लगत्तै भक्तहरू माझ बाड्नु पर्दछ । यदि बाकीँ रहेमा कुनै पशुलाई ख्वाउनु पर्दछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds