सम्बन्ध जस्तो किन नहोस् टिकाइ राख्नलाई समय दिनुपर्छ । यसले सम्बन्धलाई सुमधुर बनाउँछ ।
सम्बन्धमा ती साना–साना कुराकोे ध्यान दिनुपर्छ जुन तपाईलाई सामान्य लाग्न सक्छ । जब दुईजना एक सम्बन्धमा हुन्छ तब समय मात्र होइन मन, इच्छा आकांक्षा, राम्रो नराम्रो सबै कुरा साझा गर्नु आवश्यक हुन्छ ।
यस्तो सम्बन्धमा आफ्नो विगतलाई मात्र हेरिँदैन भविष्यको पनि योजना एक(अर्काले मिलेर बनाउनुपर्छ । दिनहुँ सानो तिनो विवाद हुने नै गर्दछ । तर ती साना कुरा पछि ठुलो भएर सम्बन्धमा टुट्ने स्थितिमा पुग्छ । त्यसकारण यी कुराहरुलाई जीवनमा ध्यान दिनुपर्छ ।
१) कुराकानी निरन्तर हुनुपर्छ
कुनै पनि सम्बन्धको मेरुदण्ड नै कुराकानी हो । सम्बन्धलाई बनाउन र सुधार्नलाई कुराकानी महत्वपूर्ण हुन्छ । यसले एक(अर्काको धारणा थाहा हुन्छ । र एक(अर्काको मनमा स्थान बनाउन सजिलो हुन्छ ।
२) तुरुन्त प्रतिक्रिया नदिनुस्
यदि तपाई साथीसँग कुराकानी गर्दै हुनुहुन्छ भने साथीको कुरा सुनिरहनु तुरुन्त प्रतिक्रिया नदिनुहोस् । जसले गर्दा हार जीतको समस्या उत्पन्न भएर सम्बन्ध बिग्रिन सक्छ । त्यसकारण एक अर्काको कुरा धेरै समयसम्म सुनिरहनुपर्छ । यी कुराहरु सम्बन्धको लागि फाइदाजनक हुन्छ ।
३) समय दिनुहोस्
विवाह वा प्रेममा हुनुहुन्छ भने समय अनिवार्य दिनुपर्छ । यदि सम्बन्धमा समयको अभाव छ भने ठुलो समस्या आउन सक्छ । अधिकांश मानिसको जीवनमा यो समस्या आउने गरेको छ । समय बिना तपाई कसरी आफ्नो साथीलाई खुसी राख्न सक्नुहुन्छ रु
समय महत्वपूर्ण हुन्छ सम्बन्धमा । दुबै जनाले आ–आफनो स्वार्थमा लाग्यो भने सम्बन्ध बिग्रिन धेरै समय लाग्दैन । जहिले पनि दुवैजनाको उन्नतिको बारेमा सोच्नुहोस् । त्यसको लागि समय आवश्य हुन्छ ।
४) एउटा नियम छ
एउटा नियम छ । एक जोडी थिए, उनीहरुको दिनभरी मनमुटाव र नराम्रो बिते पनि रातीको खानासँगै खाने नियम थियो । खाना खाँदा ती जोडी एक अर्कासँग बोल्न बाध्य हुन्थे । त्यसकारण दिनभरीको मनमुटाव साँझ खाना खाने बेला सकिन्थ्यो । त्यसकारण यो नियम सबैले बनाउनु पर्छ । यसले जोडीलाई राम्रो हुन्छ ।
सम्बन्धित खबर
वालिङको योग शिविरमा युवाको उत्साह, ‘रिफ्रेस’ महसुस गर्दै फर्किए सहभागी
स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चित
स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा
गाउँमै विशेषज्ञ सेवा, मुटुरोगीलाई राहत
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु