राजेश हमालले मुख खोले: दीपाश्रीलाई माफी दिन अनुरोध (भिडियोसहित)

राजेश हमालले मुख खोले: दीपाश्रीलाई माफी दिन अनुरोध (भिडियोसहित)

Rajesh Hamal anurodh

काठमाडौं । राजेश हमालले तीन हप्तापछि आएर मुख खोलेका छन् । विवादास्पद अभिव्यक्ति दिएको भन्दै आलोचित भइरहेकी कलाकार एवम् निर्देशक दीपाश्री निरौलालाई माफी दिन हमालले अनुरोध गरेका छन् । मंगलबार मध्यरातमा फेसबुक मार्फत लाइभ आएर हमालले आफ्नो कुरा राखेका थिए । एकपटक पनि दीपाश्रीको नाम नलिएका उनले अन्त्यमा सम्बन्धित व्यक्तिलाई क्षमा दिनुहोला भनेर दर्शकलाई भनेका छन् ।

व्यक्तिगत तहबाट कुरा गर्दा, चलचित्र क्षेत्रमा उत्पन्न भएको यस्तो विवादले आफूलाई दु:खित तुल्याएको उनले बताए । आफू आबद्ध कला तथा सिने क्षेत्रमा भएको वादविवाद र त्यसपश्चात् आरोप–प्रत्यारोपमा उत्रनु लज्जाको विषय भएको पनि उनले बताए ।

हमालले भनेका छन्–‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला ।’

https://www.facebook.com/100006145989198/videos/2678942862320554/

दीपाश्रीाप्रति मानवता देखाइदिन अनुरोध गर्दै हमालले कसैको मानवतामा आँँच नपुग्ने गरि आफ्ना अभिव्यक्तिहरु प्रकट गर्न अनुरोध गरेका छन् ।  दीपालाई इंगित गर्दै सुरुमा नै उनले ‘मेरा सहकर्मी’ भनेर सम्बोधन गरेका उनले दर्शकहरुको सल्लाह, सुझाव र भनाईले कला क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । चलचित्र क्षेत्र र दर्शकहरुबीचको सम्बन्ध अद्भुत रहेको समेत हमालले टिप्पणी गरे ।

दीपाश्रीले भने आफूले दिएको विवादास्पद अभिव्यक्तिका लागि यसअघि नै माफी मागिसकेकी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds