मेलम्चीको सुरुङ फुट्दा बेपत्ता भएका इञ्जिनीयरको शव फेला, एक आझै बेपत्ता

मेलम्चीको सुरुङ फुट्दा बेपत्ता भएका इञ्जिनीयरको शव फेला, एक आझै बेपत्ता

melamchii

मेलम्ची । मेलम्ची खानेपानी आयोजनाकोे सुरुङ परीक्षणका क्रममा बेपत्ता भएका दुई मध्ये एक जनाको शव भेटिएको छ ।

परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो १२ बजे दुई जना बेपत्ता भएको थियो । तीमध्ये अन्दाजी २५ वर्षीय इञ्जिनियर सतिस गोहितको शव आज अपराह्न ४ बजे मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

अर्का बेपत्ता भएका आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापामगरको खोजी जारी रहेको पनि उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ